२५ असोज, एजेन्सी ।


तस्विर: रोयटर्स

स्पेनको उत्तर पूर्वी राज्य क्याटालोनियालाई तत्काल स्वतन्त्र घोषणा नगरिने भएको छ । क्याटालोनियाको स्थानीय संसदलाई सम्बोधन गर्दै नेता कार्लस पुज्डमोनले स्वतन्त्र क्याटालोनियाको पक्षमा प्राप्त जनमतको पालना गर्ने तर पहिले केन्द्र सरकारसँग समस्या समाधानका लागि वार्ता गर्ने स्पष्ट पारेका हुन् ।

तर, क्याटालोनियाको स्वतन्त्रतासम्बन्धि घोषणा–पत्रमा नेताहरुले हस्ताक्षर गरिसकेका छन् । संसदमा सम्बोधन गर्नुअघि नेता पुज्डमोनले स्वतन्त्रता घोषणा गर्ने अपेक्षा थियो । उनले स्वतन्त्रताको पक्षमा शान्तीपूर्ण प्रदर्शन कायम राख्न आग्रह गरेका छन् ।

अक्टोबर १ मा भएको विवादास्पद जनमत संग्रहमा बहुमत नागरिकले क्याटालोनिया स्पेनबाट छुट्टिनु पर्ने पक्षमा मतदान गरेका थिए ।