एजेन्सी । पूर्व विश्व बिजेता स्पेन अगामी वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएको छ । गएराति भएको युरोपियन छनौट अन्तर्गत समूह जि को खेलमा अल्बानियालाई ३–० ले हराउँदै स्पेनले विश्वकपमा स्थान बनाएको हो ।

म्यासेडोनियासँग १–१ को बराबरीमा रोकिएको इटालीले भने विश्वकपमा छनौट हुन प्लेअफ खेल्नुपर्ने भएको छ । यस्तै समूह डि बाट वेल्सले सोझै विश्वकपमा छनौट हुने संभावना कायमै राखेको छ ।

गएराति जर्जियालाई १–० गोलले हराउँदै वेल्सले सोझै छानिने संभावना जिवितै राखेको हो । मोल्दोभालाई २–० ले हराउँदै आयरल्याण्डले पनि छनौट हुने संभावना कायम राखेको छ ।

गएराति नै भएका अन्य खेलमा अष्ट्रियाले सर्वियालाई ३–२, इजरायलले लिचेस्टाइनलाई १–०, युक्रेनले कोसोभोलाई २–० र टर्कीले आइसल्याण्डलाई ३–० पराजित गरेका छन् ।