“कति सजिलो होलोग्राम!”

-कुशल श्रेष्ठ

कुनै पनि लेन्सबाट तस्विर खिच्दा साधारण फोटो आउँदछ, तर प्रकाशीय क्षेत्रलाई तस्विरमा रेकर्ड गरेर कुनै वस्तुलाई पूर्ण रूपले ३डि तस्विर देखाउँछ भने त्यसलाई ‘होलोग्राम’ भनिन्छ। होलोग्राम सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई ‘होलोग्राफी’ भनिन्छ। होलोग्राम अति नै रोचक र आश्चर्यजनक हुन्छ। यसले कुनै पनि तस्विरलाई हाम्रै सामुन्ने ३डि रूपमा देखाउँदछ।Hologram

अहिले त ३डि होलोग्रामलाई छोएर नियन्त्रण गर्न मिल्ने प्रविधि पनि आइसकेको छ, जसको श्रेय जापानका अनुसन्धानकर्ताहरूलाई जान्छ। उनीहरूले शक्तिशाली र अति छिटो गति भएको लेजरको प्रयोगबाट शरीरले छुन मिल्ने सानो होलोग्राम तयार पारेका थिए। तर हामीले घरमै बसीबसी ३डि होलोग्रामको मज्जा कसरी लिने?homemade hologram (3)

युट्युबमा राखिएको यस भिडियोमा हाम्रो स्मार्टफोनबाट ३डि होलोग्राम कसरी प्रक्षपण गर्ने देखाएको छ।सर्वप्रथम त, यसको लागि केहि सामानहरू जुटाउनुपर्ने हुन्छ-

# ग्राफ पेपर
# सिडीको कभर
# टेप वा सुपरग्लु
# कलम
# कैँची
# स्मार्टफोन
# सिसा काट्न मिल्ने चक्कु

यति सामानहरू जुटाइसकेपछि-
१. तपाईँहरूले ग्राफ पेपरमा मिलाएर समलम्ब चतुर्भुज (Trapezium) बनाउनुपर्ने हुन्छ। उक्त चतुर्भुजको सानो लम्बाई १ देखि १.५ से.मि., ठूलो लम्बाई ६ से.मि. र उचाई ३.५ से.मि. बनाउँदा उचित हुन्छ।

२. सिडीको कभरको सिसा झिक्नुहोस् र अघि ग्राफ पेपरमा बनाउनुभएको चतुर्भुजलाई उक्त सिसामा राखेर सोहि अनुरूप काट्नुहोस्।

३. पहिलो चतुर्भुज काटिसकेपछि बाँकी ३ वटा चतुर्भुजहरू पनि सोहि आयामको प्रयोग गरेर बनाउन सक्नुहुन्छ।

४. त्यसपछि तयार पारिएका सिसाका चतुर्भुजहरूलाई भिडीयोमा देखाएजसरी एकैठाउँमा टेप लगाएर अथवा ग्लु लगाएर टाँस्नुहोस् र त्यस आकारलाई स्मार्टफोनको स्क्रीनमाथि राख्नुहोस्।homemade hologram (1)

५. होलोग्राम देख्नको लागि त्यस्तै किसिकको भिडीयो चाहिन्छ, र युट्युबमा यो भिडीयोको निर्माणकर्ता (Mrwhosetheboss) ले त्यस्ता भिडीयोहरूको लिङ्क प्रदान गरेको छ।

६. अब बत्ती निभाउनुहोस् ताकी पूर्ण रूपले अँध्यारो होस्। त्यसपछि उक्त भिडीयो लगाउनुहोस्। के देख्नुभयो?

यो पनि हेर्नुहोस्-

पहिलो चोटी होलोग्रामको नमुना तयार भयो

वैज्ञानिकले खोजेका अनौठा ४ वस्तु