एक बेलायती गैरनाफामुलक संसंथाले स्मार्ट फोनबाट आँखामा क्यान्सर भए नभएको पत्ता लगाउन सकिने खुलासा गरेको छ ।

आँखाको क्यान्सर सामान्यतः ५ वा त्यस भन्दा कम उमेरका वालवालिकामा हुने गरेको Cancer Knifeछ। चाइल्डहुड आइ क्यान्सर ट्राष्ट (सीएचईसीटी) का अनुसार स्मार्ट फोनको क्यामेरबाट आउने फ्ल्यासले आँखामा क्यान्सर भएको कुरा पत्ता लगाउन सक्छ।

यसले आँखाको क्यान्सर रोग रेटिनाब्लास्टोमाको पहिचान गर्न सक्ने उक्त संस्थाको दावी छ।

द भर्ज नामक पत्रिकामा प्रकाशित रिपोर्ट अनुसार स्मार्ट फोन प्रयोग गरेर एक एक ४ वर्षीया वालिकाको क्यान्सर पत्ता लगाएको दावी उक्त संस्थाका शोकर्ताहरुले गरेका छन् ।

smart phone tricks

यस्तो क्यान्सर भएका वालवालिकामा स्मार्टफोनको फ्ल्यास आँखामा पर्दा फरक खालको छायाँ देखिने बताइएको छ । अव स्मार्टफोनबाटै क्यान्सर पत्ता लगाएर वालवालिका बचाउँन सकिने दावी समेत उक्त संस्थाका शोधकर्ताले गरेका छन् ।