२६ असोज, म्याड्रिड । क्याटालोनियाको क्षेत्रीय सरकारले उक्त राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा गरेको हो कि होइन जवाफ दिन उक्त राज्य सरकारलाई आदेश गरेको छ । स्पेनको मन्त्रिपरिषद्को विशेष बैठकपछि स्पेनका प्रधानमन्त्री म्यारियानो राजोएले भनेका छन— हामीले यही सूचना चाहन्छौँ कि क्याटालोनियाको सरकारले त्यहाँ स्वतन्त्रताको घोषणा गरेको हो कि होइन ।

मंगलबार मात्र यहाँको सरकारले जनमत संग्रहको परिणामको हवाला दिएर क्याटालोनियाको स्वतन्त्रताको घोषणा गरेको बताइएको थियो । सोही सूचनाको आधारमा स्पेनको सरकारले सो प्रश्न गरेको हो ।

प्रधानमन्त्रीले सो बैठकपछि संवाददाताहरुसँग भने, हामीले शुरुमा सो क्षेत्रीय सरकारले स्वतन्त्रता घोषणा गरेको हो कि होइन भन्ने बारेमा सोधेका छौँ र यदि स्वतन्त्रता घोषणा गरेको भएमा सरकारले सोही बमोजिम निर्णय गर्नेछ ।

हालै भएको जनमत संग्रहपछि त्यसको परिणाम स्वीकार गरी अलग्गै राज्यको घोषणा गर्नुपर्ने भनी स्पेन सरकारका विरुद्ध पृथकतावादी नेताहरुले आन्दोलनको घोषणासमेत गरेका छन् । उनीहरुले सो जनमत संग्रहपछि क्याटालोनियाको स्वतन्त्रताका लागि भन्दै जनमत संग्रह गरेका थिए । सो जनमत संग्रहको परिणामपछि स्वतन्त्रता घोषणा गरिदिन क्षेत्रीय सरकारले केन्द्रीय सरकारसँग आग्रह गरेको थियो ।

तर विश्व समुदाय र स्पेन सरकारले भने उक्त जनमत संग्रहको वैधानिकतामाथि प्रश्न उठाएका छन् । स्पेन सरकारले क्याटालोनियालाई स्वतन्त्रता दिन नसकिने बताएको छ  । क्याटालोनिया स्वतन्त्रताका लागि हालैमात्र जनमत संग्रह गरिएको थियो । तर जनमत संग्रहलाई विवादास्पद मानिएको छ । युरोपेली युनियनका प्रमुख डोनाल्ड टस्कले पनि यस्तो विवाद नचर्काउन र पृथकतावादका पक्षमा आन्दोलन नगर्न आग्रह गर्नुभएको बताइएको छ ।

सो विवादपछि विभिन्न विश्व समुदायले पनि क्याटालोनियाको विरोधका कार्यक्रमलाई नचर्काउन क्याटालोनियाली पृथकतावादी नेताहरुलाई दबाब दिएको बताइएको छ । उक्त राज्यको स्वतन्त्रताका लागि त्यसको विरोधमा समेत बार्सिलोना तथा म्याड्रिडमा विरोधका कार्यक्रम जारी छन् । निर्णयको पक्ष र विपक्षमा समेत दिनहुँ हजारौँ मानिस प्रदर्शनमा उत्रिएका छन् ।

क्याटालान नेता कार्लेस पुज्दमोन क्याटलोनिया स्पेनबाट अलग्गिन पाउनुपर्ने मागमा हुनुहुन्छ । तर उहाँलाई यो योजना छोड्न चर्को दबाब आइरहेको बुझिएको छ । गत साता भएको जनमत संग्रह विवादास्पद भएको थियो । सो निर्वाचनपछि यहाँका नेताहरुले लगत्तै एकतर्फी रुपमा क्याटालोनियाको स्वतन्त्रताको घोषणा गर्ने अनुमान गरिएको थियो । तर त्यसो हुन सकिरहेको छैन । रासस/सिन्ह्वा