२१ फागुन, काठमाडौं । काठमाडौंको स्वयम्भुमा प्रहरी र अपहरणकारीबीच गोली हानाहान भएको छ ।

केही दिन अघि बौद्धबाट अपहरणमा परेकालाई छुटाउने क्रममा प्रहरीले गोली चलाएपछि दोहोरो गोली हानहान भएको हो ।

अपहरणकारीले मागेको ६ लाख रुपैयाँ फिरौती बुझाउनका लागि अपहरणमा परेकाको आफन्तसहित गएको प्रहरीले घेरा हालेर नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि गोली चलाएपछि जवाफी कारवाही गर्नुपरेको महानगरीय अपराध महाशाखा प्रमुख दिनेश अमात्यले बताए ।

प्रहरीले दुर्गा तामाङलाई नियन्त्रणमा लिएको र अन्य अपहरणकारी त्यहिँ लुकेको आशंकामा खोजी भइरहेको जनाएको छ ।