महाभारतमा श्री कृष्णसँग जोडिएका थुप्रै कथाहरु सुन्नु भएको होला । तर, के तपाईलाई थाहा छ, श्री कृष्ण भगवान स्वर्गबाट रथमा झर्दा बसेको डोब अहिले पनि छ ?

krishna

भारतको बिहारस्थित राजगीरमा केहि यस्ता निशानहरु छन्, जसले महाभारत कालसँग सम्बन्ध राख्छ । त्यसमध्ये एक हो, श्री कृष्णको रथको निशान । श्री कृष्णले महाभारत कालमा आफ्नो रथ लिएर स्वर्गबाट उत्रिएका थिए भन्ने भनाई प्रचलनमा छ ।

रथको निशान लगभग ३० फुटसम्म चट्टानमा दुई वटा गहिरो समानान्तर खोच छन् । यस लाई रहस्यमय चट्टानको नाम दिइएको छ । भगवान श्री कृष्णको रथ गुड्ने बाटो हो भन्ने गरिएको छ । रथको निशानको वरपर १देखि ५औँ शताब्दीको गुढ लिपिमा केहि लेख लेखिएको छ, जुन रहस्यमय छ ।

यस्तै, महाभारतको महत्वपूर्ण पात्र जरासंध थिए, जो भिमको हातबाट मारिएका थिए । जरासंध मगध देशका राजा थिए । राजगीरमा श्रीकृष्णको रथको निशानको छेउमा जरासंधको मूर्ति छ, जहाँ भिमले उसलाई मृत्यु दिएका थिए ।