१३ फागुन, काठमाडौं । स्ववियु चुनाव नजिकिँदै जाँदा रुपन्देहीमा एक उमेद्बारलाई अपहरण गरी कुटपीट गरिएको छ ।

सैनामैनाको रामापुर बहुमुखी क्याम्पस नेविसंघ इकाई सहसचिव सोनु चौधरीलाई अपरिचित समूहले अपहरण गरी कुटेका हुन् ।

हिजो बेलुका घर फर्किने क्रममा मोटरसाइकलमा आएका समूहले चौधरीलाई अपहरण गरी रातभर बन्धक बनाएका हुन् ।

सो समूहले चुनावमा नउठ्न धम्क्याउँदै रातभर पिटेर आज विहान सैनामैना लखनचोकमा ल्याएर छोडेको थियो । कुटपिटपछि घाइते भएका चौधरीको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

उनले आफूलाई चुनावमा नउठ्न धम्की दिँदै आँखामा पट्टी बाँधेर कुटपीट गरेको बताए ।

कुटपिटको विरोधमा नेविसंघले शुक्रबार क्याम्पस अगाडि पूर्वपश्चिम राजमार्गको बुटवल–सालझण्डी खण्डमा बिहान १ घण्टा चक्काजाम गरेर प्रदर्शन गरेको छ ।