सनातन धर्ममा स्वस्तिकलाई परब्रम्हाको संज्ञा दिइन्छ । यस्तै, पुराणहरुमा धनकी देवी लक्ष्मी तथा बुद्धिका देवता भगवान गणेशको प्रतिकको रुपमा पनि स्वस्तिकलाई मानिन्छ।swastik

‘स्वस्तिक’ शब्द संस्कृतको ‘सु’ अथात् शुभ होस् र ‘अस्ति’ अर्थात् कल्याण मिलेर बनेको हो । ज्योतिषशास्त्रमा स्वस्तिकको केही फरक–फरक प्रयोग पनि बताइएको छ, जसलाई सधै अपनाएमा धन, सौभाग्य तथा लक्ष्मीको प्राप्ति हुन्छ भने आइपरेका समस्याको पनि समाधान हुने विश्वास गरिन्छ ।

स्वस्तिकमा लेख्नुहोस् इष्टदेवको प्रतिमा – घरको पूजास्थल वा मंदिरमा स्वस्तिक बनाएर त्यसमा इष्टदेवको प्रतिमा राखेर पूजा गर्नुपर्छ । यसो गर्नाले देवता तुरुन्तै प्रसन्न भई आर्शिवाद दिने विश्वास गरिन्छ।

उल्टो स्वस्तिकबाट पूरा हुन्छ मनोकामना – यदि तपाई लामो समयदेखि इच्छा पूरा नभइरहेको अवस्थामा नजिकको मन्दिरमा गई सिन्दुरको उल्टो स्वस्तिक बनाउनुहोस्, तपाईको इच्छा चाँडै पुरा हुन्छ । र मनोकामना पुरा भएपछि त्यही स्थानमा सीधा (सुल्टो) स्वस्तिक बनाइदिनुहोस् ।

बेसारको स्वस्तिक बनाउनुहोस् – घरको उत्तर–पूर्वी दिशाको भित्तामा बेसारको स्वस्तिक बनाउनाले घरमा सुख–शान्ति आउँछ र घरमा हुने अशान्ति, कलह सकिएर जान्छ ।

स्वस्तिकमा दियो बाल्नुहोस् – घरको पूजाकोठा वा मन्दिरमा स्वस्तिक बनाएर त्यसमाथि पाँच प्रकारका अन्न राखेर दिप जलाएमा मनोकामना पुरा हुन्छ ।

बेसारको स्वस्तिकको पूजा – व्यापारमा बढोत्तरीका लागि विहिबारको दिन घरको उत्तर–पूर्वीलाई गंगाजलले सफा गरेर बेसारको स्वस्तिक बनाउनुहोस् । यस स्वस्तिकको विधिवत पूजा गरेर गुडको भोग लगाउँनुहोस् । लगातार प्रत्येका विहिवार गर्नाले व्यापार फस्टाएर जान्छ ।

घरमा समृद्धि भित्र्याउन – घरबाहिर रंगोलीमा सिन्दुर मिसाएर स्वस्तिक बनाउँनुहोस् । यसो गर्दा देवी–देवता प्रसन्न भई घरमा बास गर्छन् र घरमा बस्ने सबैलाई आर्शिवाद प्राप्त हुने विश्वास गरिन्छ।

निन्द्रा नआएमा – यदि राति निन्द्रा नलागेमा वा नराम्रो सपना देखियो भने घरको पूजाकोठामा औलाले स्वस्तिक बनाउनुहोस् । यसो गर्नाले तपाईलाई तुरुन्तै आराम महशुस हुन्छ ।