४ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले  कपिलवस्तुको  यशोधरा गाउंपालिकाका २ जना कर्मचारीलाई घुस लिदै गर्दा पक्राउ गरेको छ ।

यसरी पक्राउ पर्नेहरुमा सो गाउंपालिका वडा नं. ४ का वडा सचिव अयोध्या प्रसाद विश्वकर्मा र कृषि प्राविधिक सहायक बृजेश चाई रहेका छन् । वडा सचिव विश्वकर्माले नेपाली नागरिकताको सिफारिस दिंदा स्थानीय सर्वसाधारणसंग ७ हजार रुपैया घुस लिदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका २ जना अख्तियारको नियन्त्रणमा रहेका छन् ।