पहिलो चरणको स्थानीय तहको चुनाव आउन अव केही दिन मात्र बाँकी छ । दोस्रो चरणको चुनाव जेठ ३१ लाई तोकिएको छ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ मा बजेट ल्याउनु पर्नेछ । तर निर्वाचन आयोगले संवैधानिक व्यवस्था विपरित सरकारलाई जेठ ३१ अघि बजेट नल्याउन निर्देशन दिएको छ । पहिलो चुनाव लगत्तै प्रचरण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने मौखिक सहमति छ । त्यसैले ३१ पछि थुप्रै अन्यौलता देखिएका छन् । ती अन्यौलता चिर्न सरकार कस्तो तयारी गरिरहेको छ ? यसै सन्दर्भमा प्रस्तुत छ नेपाली हेडलाइन्सका लागि बोमलाल गिरी प्रयास पराजुलीले स्वास्थ्य मन्त्री गगन थापासँग गगरेको कुराकानीः


पहिलो चरणको निर्वाचन हुने पक्का भो दोस्रो चरणको निर्वाचन के हुन्छ ?
पहिलो चरणको निर्वाचनमा अब कुनै शंका छैन् । दोस्रो चरणको निर्वाचनको वातावरण बनाउन लाग्नु पर्छ । सरकारको ध्यान दोस्रो चरणको निर्वाचनमा जानु पर्छ । पहिलो चरणको निर्वाचनको चिन्ता नगरौं ।

सुरक्षा र व्यवस्थापकीय काम बाहेक सबै निर्वाचन आयोगले जिम्मा लिइसक्यो । सरकारको सम्पूर्ण तयारी पूरा भइसकेको छ । चुनावपछि सरकार परितर्वनको एउटा सन्दर्भ आउँछ। पहिलो चरणको निर्वाचन अघि नै हामीले सहमतिको वातावरण सृजना गर्नुपर्छ । यो नै बुद्धिमानी हुन्छ ।

अब सरकारको आयु कति हो ?
कांग्रेस र माओवादीको बीचमा भएको सहमति अनुसार निर्वाचन लगत्तै सरकार परिवर्तन गर्ने कुरा निश्चित छ । जेठ १ र २ गतेतिर होला । पहिलादेखि नै पार्टीको बैठकमा नेताहरुले जानकारी गराउनुभएको कुरा हो । पहिलो चरण सकिएपछि जेठ पहिलो साताको कुनै पनि दिन हुन सक्छ ।

प्रचण्ड सरकारले बजेट ल्याउछ कि ल्याउदैन ?
यो सरकारले बजेट ल्याउदैन । नयाँ सरकारले बजेट ल्याउँछ । समझदारी पालना गर्नको लागि प्रधानमन्त्रीको दल प्रतिबद्ध देखिन्छ । सरकार फेर्ने दलहरुको बीचको समझदारी भयो । तर बजेट ल्याउने कुराले त धेरै कुरालाई प्रभावित पार्छ ।

जेठ १५ गते बजेट नल्याउने हो भने धेरै सुविधा छैन् । तर असार १५ गते बजेट ल्याउने हो भने हामीसँग केही समयको सुविधा रह्यो । बजेटको काम टुङग्याउने गरी तिब्र रुपमा गएको थियो । बजेट सर्छ भनेपछि तयारी केही रोकिएको छ । नेतृत्व फेरिएपछि बजेटेको प्राथमिकता फेरिन्छ भन्ने कुरा पनि रहे ।

संविधानमा उल्लेख भएकैजस्तो गरी जेठ १५ मा नै बजेट ल्याउने हो भने सरकारको नेतृत्व फेरिएला । दलहरुको बीचमा छलफल हुनुपर्ने हो । तर राम्रोसँग छलफल भएको छैन् ।

अहिले अलमल छ । बीचको बजेट र नियमित कामहरु पनि यसको पेलाइमा पर्ने भयो । यस पटकको बजेट पहिलेको जस्तो सजिलो पनि छैन । ७ सय ४४ वटा स्थानीय तहमा बजेट पठाउनुपर्छ । के मा पठाउने ? केलाई प्राथमिकतामा राख्ने ? धेरै गाह्रो छ ।

प्रधानमन्त्रीले पपुलिष्टभन्दा पनि सामान्य बजेट सहित जेठ १५ मै ल्याउने कुरा गनुभएको छ । त्यो कति सम्भव छ ?
जेठ १५ मा बजेट ल्याउन पाइदैन भनेर निर्वाचन आयोगले भनेको छ । एमालेले दबाब दिएको छ । तर प्रश्न संविधानमा लेखिएको कुरा निर्वाचन आयोगको चाहना र पत्राचारले मात्र हट्छ त ? यसलाई पनि निर्क्यौल गर्नुपर्छ । ठूलो अलमलमा छ ।

निर्वाचनमा पार्टीको तयारी कस्तो छ ?
पार्टी ठूलो छ । धेरै बर्षपछि चुनाव हुन लागेको छ । मेयरको उम्मेदवारको लागि ६८ बर्षको प्रभावशाली नेतादेखि लिएर ३२ बर्षको साथी दावेदार देखिनुभयो । सबैको कुरा जाजय छ । उम्मेदवार छनोटमा असन्तुष्टि देखिएको छ । हठात रुपमा आएको तालमेलको कुराले अन्यौलता सृजना भएको छ ।

तालमेलेको कुराले कतिको प्रभाव पार्छ त ?
निर्वाचनको बेलामा धेरै कुरालाई सीमामा बाँधेर राख्नु पर्ने हुन्छ । कांग्रेसले निर्वाचनको तत्कालिन विजय वा पराजलाई हेरेर मात्रै निर्णय गर्दै आएको छैन् । निर्वाचनको अंकगण्तिा मात्र हेरेर निर्णय गरेको भए धेरै पहिला नै सकिसक्थ्यो ।

कांग्रेस भनेको त विचार हो । कांग्रेसको अस्तित्व र धारणा छ । यसले ठूलो स्खलन गराएको छ । यसले दुरगामी प्रभाव पार्छ । पार्टीले निकै ठूलो समिक्षा गर्नुपर्छ । सबै निर्वाचनमा छौं । नेतृत्वले सोच्यौ होला । तत्काल पार्टीलाई फाइदा पुग्छ भन्ने कुरा सोच्यो होला । आजसम्म कांग्रेसका साथीहरुले कांग्रेस भन्दा अन्यत्र मत हाल्नु भएको छैन् ।

यस पटक त हँसिया हथौडामा भोट माग्नु पर्ने भो नि त ?
स्थानीय तहको निर्वाचनमा कांग्रेस माओवादीकबीच तालमेल भएको छ । गठबन्धन भएको छ । कांग्रेसले के विर्सनु हुँदैन भने कांग्रेस र कांग्रेसी भनेको फरक हुन् । हाम्रो पार्टीभित्र कुरा हुने गर्छ । पार्टी के हो ? संगठन पनि यस्तो छैन । तर पनि पार्टी चुनावमा जितेर आउछ ।

कारण के हो भने हामी कांग्रेसी संगठनमा छौं । पार्टीले निर्णय गर्यो मान्छौ । कांग्रेसले के विर्सियो भने वर्वाद हुन्छ भने कांग्रेसले गरेको निर्णय मान्न कांग्रेसी बाध्य छैनन् ।

व्यक्तिगत रुपमा कहिले पनि पार्टीको सदस्यता लिएको छैन् । मद्दत मागेको छैन् । तर मत हाल्ने बेलामा रुखमा हाल्छ । उसको एउटा विचार छ । खुल्ला समाज र राजनीतिको पक्षमा छ । त्यस्तैको भरमा पार्टीले जित्दै आएको छ । अब रुखमा मात्र होइन गाईमा हाल्ने भनेर भन्यो भनेपछि मनोविज्ञान विग्रिएको छ ।

तालमेल गरेपछि कांग्रेसलाई कार्यकर्ता सम्झाउन कठिन भएको हो ?
संगठनमा आबद्ध भएकाहरुलाई पार्टीको नीतिले बाध्छ । व्यक्तिगत असन्तुष्टि र फरक मत राख्छौं । तर अन्तिममा निर्णयले बाधिन्छौ । तय भएन भने अराजकता हुन्छ ।

मेरो पनि कति असहमति छ । कांग्रेसीको मत चाहिन्छ । हाम्रो संगठन त छ । सदस्यता सबै ठाउँमा बाडिएको छैन् । हामीले त सदस्य पनि चिन्दैनौ । विचारले बनेको पार्टी हो ।

कांग्रेसलाई भोट हाल्नु पर्ने कारण के हो ?
कांग्रेसले स्थानीय तहको निर्वाचमा मत माग्ने मात्र होइन । पुरस्कारको दावी गर्ने पनि होइन । पहिलो संविधान सभा असफल भयो दोस्रो संविधान सभा निर्वाचनबाट सबै पक्षलाई सहमतिमा ल्याएर संविधान जारी गछौं भनेका थियौं । हामील गरेको प्रतिबद्धता पूरा गर्यो । जनताको अगाडि गरेको प्रतिबद्धता पूरा गरेको हुनाले जनताले पुरस्कृत पनि गर्ने हो ।

नेपाल, सबै अट्ने देश, सबै अट्ने कांग्रेस । मधेस, पहाड, हिमाल सबैलाई जोडन सक्ने पार्टी कांग्रेस मात्र हो । पार्टीले घोषणा पत्रमा अगाडि सारेको छ । स्थानीय तहको निर्वाचनको सम्बन्धमा स्थानीय तहलाई नै अधिकार दिएको छ ।

पाँच बर्षको अवधिमा अहिलेको तुलनामा राम्रो बनाउने योजना अगाडि सारेको छ । तीन गुणा परिवर्तन गर्ने योजना सहित जान्छौं । स्थानीय सरकारले जे अधिकार पाएको छ । पाँच बर्षभित्र यहाँ पुर्याउँछौ भनेर स्पष्ट मत अघि सारेको छ ।