५ कात्तिक, प्यूठान । नौबहिनी गाँऊपालिका वडा नं. ६ बाहाने बजारमा एक व्यवसायी हत्या भएको अवस्थामा मृत फेला परेका छन् । भाईटिकाको दिन एक्लै घरमै रहेका व्यवसायी ३८ वर्षिय बसन्त बहादुर के.सी. आईतबार मृत अवस्थामा भेटिएका हुन् ।

उनी विहान अबेरसम्म पसल नखुलेपछि आफन्तले सटर खोली हेर्दा मृत फेला परेका हुन् । शरिरमा कुटपिटका दाग, घर वरपरको स्थितिले हत्या भएको मृतकका दाजु गोविन्द के.सी.ले बताएका छन् ।

चाडवाडका समयमा यस अघि पनि स–साना चोरिका घटना हुने गरेको स्थानीय व्यवसायीहरुले बताएका छन् । घटनाको अनुसन्धान भैरहेको प्यूठान प्रहरीले जनाएको छ ।

मृतक के.सी.का श्रीमति, एक छोरा, दुई छोरी र आमा सहितको परिवार रहेको छ ।