रामभक्त हनुमानको पूजा होइन बरुको जीवनमा केही सिक्न खोजेको खण्डमा जीवनका धेरै समस्या पार लाग्न सक्दछन्।

के सिक्ने हनुमानबाट?

१.संघर्ष क्षमता

hanuman sanjeevani herb 20385908हनुमानले जब सिताको खोजीमा समुन्द्र पार गरिरहेको थिए। उनलाई कयौं किसिमका समस्याको सामना गर्नु परेको थियो। सुरसा र सिहिंका नामका राक्षस हनुमानलाई समुन्द्र पार गर्ने बाट रोक्न चाहन्थे। तर बजरंग बली हनुमान रोकिएनन्। लंका पुगेरै छोडे।हामीलाइ पनि जीवनका कदम कदममा यस्तै समस्याको सामान गर्नु पर्ने हुन सक्छ। संघर्ष गर्नबाट नडराइनकन आफ्नो लक्ष्य तर्फबाट बढ्न हामीले हनुमानबाट सिक्नु पर्छ।

२. चतुर्याईhanuman
हनुमानले समुन्द्र पार गर्दा सुरसासंग लडेर समय नष्ट गरेनन् । सुरसा हनुमानलाई निल्न चाहन्थी। उनले बडो चतुर्याईले पहिले आफ्नो शरिरको आकार बढाए र अचानक सानो रुप लिए। सानो रुप लिएर उनी सुरसाको मुख भित्र छिरेर बाहिर निक्लिए। हनुमानको चतुर्याई देखेर सुरसाले प्रसन्न भइ र बाटो छोडिदिइ। चतुर्याईको कला जीवनमा सधै उपयोगी हुन्छ।

३.संयमित जीवन
हनुमान आजीवन ब्रह्मचारी रहे। उनको जीनव संयमित थियो। संयमका कारण नै उनी अत्यन्त बलशाली थिए। खानपीन, रहनसहनमा संयम अपाउनाले स्वस्थ सधै राम्रो बन्छ। क्रोध, आवेश र रिसलाई संयमले जित्न सक्दा जीवन सुमुधर र सुखद रहन्छ। अहमले मान्छेले जिते पनि हार्दछ भने संयमले मानिसले जित्दै जान्छ। अर्थपुर्ण जीवन बाँच्न संयमको खाँचो पर्छ।

४.लोक कल्याण
हनुमानको जन्मनै भगवान रामलई साथ दिन भएको थियो। राम राणवको अन्त्य गरेर तीनै लोकमा सुख र शान्ती ल्याउन चाहन्थे। हनुमानले भगवान रामलाई साथ लिए। रामको लोककल्याणमा सदैव हनुमानको सात रह्यो। हामीले पनि लोकको हितमा लाग्ने र समाजसेवामा लाग्नेलाई सधै साथ दिनु पर्छ।

यो पढ्नुस्।

शिवपुराणमा लेखिएका मृत्युका १० संकेत, जुन स्वयम् शिवले बताएका थिए