कुशल श्रेष्ठ

हिन्दु धर्म ग्रन्थका कथाहरूलाई राम्रोसँग बुझ्ने कोशिस गर्यो भने यी कथाहरू एकदमै रोचक छन्। देवता र राक्षस, राजा र रानीको कथा मात्रै होइन, कुनै कुनै पक्षहरू यस्ता रहस्यमय अनि अपूर्ण छन् कि त्यसको बारेमा घोरिएर सोच्न बाध्य भइन्छ।

हामीले सुनेका थियौँ कि, आत्मा कहिल्यै मर्दैन अनि एउटा रूपबाट अर्को रूपमा जन्म लिइरहन्छ। तर हिन्दु धर्मका अनुसार, कुनै कुनै प्राणीहरू युगौँ युगसम्म पनि एउटै रूप लिएर पृथ्वीमा बसिरहन्छन् भन्ने विश्वास गरिन्छ। जसमध्ये रामभक्त हनुमान पनि एक हुन्।

जे भएपनि, तपाईँहरू मध्ये कसैले हनुमानको मृत्यु भएको कतै सुन्नुभएको छ?

Hanuman is Still Alive (1)हनुमानलाई शिव भगवानको अवतार मानिन्छ। राम पनि विष्णु भगवानका अवतार थिए। तर, रामले जस्तै हनुमानले पनि नश्वर अवतार छाडेर गएको कतै उल्लेख गरिएको छैन। उनी स्वर्गमा गएको कथा पनि कतै सुनिन्न। त्यसैले गर्दा नै कतिपयले हनुमान अझै पनि हामीबीच नै छन् भन्ने विश्वास गर्छन्।

राम र सीताले नै हनुमान अमर बनाए

हिन्दु ग्रन्थका अनुसार, श्रीराम र सीता माताले हनुमानलाई अमर रहने वरदान दिएका थिए, किनकी जबसम्म मानवजातीले रामको नाम पुकार्नेछन् तबसम्म हनुमानले पृथ्वीमा बसेर रामभक्तहरूको लागि ज्ञान बाँढ्न चाहन्थे।Hanuman is Still Alive (4)

रामायणको घटना त्रेता युगमा घटेको थियो, त्यसै गरी महाभारत द्वापर युगमा भएको थियो। तथापी, ग्रन्थहरूमा महाभारतको पालामा पनि हनुमानले भिमलाई भेटेको उल्लेख गरिएको छ। त्यसको मतलब द्वापर युगमा पनि हनुमान जिउँदै थिए। अनि अहिले कलियुगमा पनि हनुमान जिउँदै छन् भन्ने भक्तालुहरू विश्वास गर्छन्।

Hanuman is Still Alive (6)प्राचीन कालका केहि विद्वान व्यक्तिहरूले हनुमानलाई देखेको दाबी गरेका थिए। १३औँ शताब्दीमा ऋषी माधवाचार्यलाई हनुमानले भेट्न आएको भनेर इतिहासमा उल्लेख नै छ। सन् १६०० को प्रारम्भिक समयतिर, हनुमानले तुलसीदासलाई भेट्न आएर हिन्दी भाषामा रामायण लेख्न प्रेरित गरेको पनि उल्लेख छ। त्यसै गरी, रामदास स्वामी, राघवेन्द्र स्वामी, स्वामी रामदास र श्री सथ्य साइ बाबाले पनि हनुमानको दर्शन पाएका थिए।

त्यसो भए कहाँ बस्छन् हनुमान?

हनुमानको बासस्थान भारतको तमिल नाडु जिल्लामा पर्ने रामेश्वरम नजिकै भएको ‘गन्दमदना पहाड’मा रहेको भक्तालुहरू विश्वास गर्छन्।Hanuman is Still Alive (3)

किनभने, त्यस ठाउँका बासिन्दाहरूले त्यहाँ वरिपरी यस्ता विशाल पाइलाहरू भेटेका थिए।Hanuman is Still Alive (2)

Hanuman is Still Alive (5)

हनुमानलाई भेट्ने गोप्य मन्त्र

हनुमानले राम र सीताबाट अमरत्वको वरदान पाएका थिए। त्यसैले गर्दा हनुमान अझै पनि जिउँदै छन् भन्ने धेरैले विश्वास गर्छन्। साथै, जो मानिस रामभक्त छन्, उसको मद्दतको लागि हनुमान अदृश्य भएर आउने पनि विश्वास गरिन्छ।

तथापी, उक्त व्यक्तिले हनुमानलाई हेर्नका लागि एउटा गोप्य मन्त्रको उच्चारण गर्नुपर्ने हुन्छ। त्यो मन्त्र होः

“कालतंतु कारेचरन्ति एनर मरिष्णु
निर्मुक्तेर कालेत्वम् अमिरष्णु”

तर, यी २ सर्त लागू भएमा मात्रै मन्त्रले काम गर्ने मानिन्छः

१. भक्तलाई आफ्नो आत्मा र हनुमान बीचको सम्बन्धबोध हुनुपर्नेछ।

२. यो मन्त्र उच्चारण भएको ९८० मिटरको क्षेत्रभित्र पहिलो सर्त लागू नगर्ने कुनै पनि व्यक्तिको उपस्थिती हुनुहुँदैन।

यो पवित्र मन्त्र हनुमान स्वयमले श्रीलङ्काको सबैभन्दा अग्लो पहाड ‘पिदुरु’मा बसोबास गर्ने आदिवासीलाई दिएको विश्वास गरिन्छ।

यो पनि हेर्नुहोस्-
भगवान रामले हनुमानलाई मृत्यु दण्ड दिएपछि
ओबामाले किन साथमा राख्छन् हनुमान र बुद्धको मुर्ती ?
पत्याउनुहुन्छ ? हनुमान ब्रम्हचारी तर विवाहित
फेरी जन्मिए हनुमान…(तस्विरसहित)
रामायणको गोप्य कथाः रामले गर्दा लक्ष्मणको मृत्यु
गौतम बुद्धको अति प्रभावशाली उपदेश