हरितालिका तीज हिन्दु महिलाहरुका लागि ठूलो चाड हो । यो पर्वमा विवाहित महिलाहरु निराहार व्रत बसेर पतिको दीर्घायु तथा अविवाहित स्त्रीहरु सूयोग्य पति पाउने कामना गर्छन् ।
शास्त्रमा तीजको व्रतमा गर्न हुने र नहुनेबारे कुराको उल्लेख गरिएको छ । भविष्य पुराणका अनुसार तीजमा ५ कुरा भुलेर पनि गर्नु हुँदैन ।
उक्त पुराणमा तीजको व्रतमा यी ५ कुरा गर्ने महिलाले अर्को जन्ममा विभिन्न भयानक परिणाम भोग्नु पर्ने उल्लेख छ ।
के गर्दा कस्ता पाप
१ हरितालिका तीज निर्जला व्रत हो । यो व्रतमा कुनै पनि फल खाने स्त्रीलाई बाँदरकोरुपमा अर्को जन्म प्राप्त हुने भविष्य पुराणमा उल्लेख छ ।
२ व्रतमा शक्कर खाने स्त्री झिङ्गो बन्ने पुराणमा उल्लेख छ ।
३ हरितालिका तीजको व्रतमा पानी पिएमा महिलाको माछोकोरुपमा पुनर्जन्म हुने पुराणको भनाइ छ ।
४ व्रतको दिन माछा मासु खाने स्त्री अर्को जन्ममा सिंहिनी भएर जन्मिने उल्लेख छ । यस्ता स्त्रीको दाम्पत्य जीवन समेत धरापमा पर्छ ।
५ तीजको व्रतमा दुध पिउने स्त्री अर्को जन्ममा सर्प भएर जन्मिने भविष्य पुराणमा उल्लेख छ ।