कुशल श्रेष्ठ

दिनभरीको धुँवा-धूलो, बर्थडे पार्टीमा लगाएको हलुका चुस्की अनि बाहिरको फास्टफूडका कारण तपाईँको आन्तरिक शरीरमा विभिन्न किसिमका विषालु पदार्थहरू जम्मा भएका हुन्छन्। हुन त यस्ता विषाक्त पदार्थहरू तपाईँको पसिना, दिसा, पिसाब, खकार-सिँगान अनि कानेगुजीको मार्फत बाहिर निस्किन्छन्। तर कतिपय यस्ता विषाक्त पदार्थहरू हुन्छन्, जुन सजिलै बाहिर निस्कन मान्दैनन् र मृगौला, कलेजो, पित्तथैली, मलाशय अनि मूत्राशयमा गएर जम्मा हुन्छन्। जसको कारण क्यान्सर, अल्सर, पत्थरी जस्ता घातक समस्याहरू आउन सक्छन्।

त्यसैले हाम्रो शरीर भित्रका फोहोरहरूलाई हामी आफैले सफा गर्नुपर्ने हुन्छ। यस्तो प्रक्रियालाई ‘डिटक्सिफिकेसन’ (Detoxification) भनिन्छ।

शरीरलाई डिटक्सिफाइ गर्ने तरिकाहरू थुप्रै छन्। कैयौँ चिकित्साविधीबाट पनि शरीरको आन्तरिक फोहोरलाई सफा गर्न सकिन्छ। तर, त्यसो गर्नुभन्दा घरमै बसेर घरेलु विधि अपनाएर भित्रको फोहोर सफा गर्नु बुद्धिमानी हुन्छ।

आज हामी तपाईँहरूलाई, शरीरको भित्री फोहोरलाई कसरी सफा गर्ने भन्ने विषयमा सरल घरेलु उपायहरूको बारेमा थोरै जानकारी दिन गैरहेका छौँः

१. हरियो धनियाँ

हिरयो धनियाँलाई मिक्स्चर अथवा अन्य साधनको माध्यमबाट पिसेर त्यसको जुस पिउनाले शरीरलाई भित्रैबाट सफा बनाउनमा मद्दत गर्दछ। यसमा पाइने फाइबर, क्लोरोफिल, बेटा-क्यारोटिन र सेल्मोनेलाले शरीरलाई डिटक्सिफाइ गर्नमा ठूलो भूमीका खेल्दछ।Coriander Juice Helps Detoxify our body

(हरियो धनियाँ यसरी खानुस्, बल्ल पाउनुहुन्छ फाइदा…)
२. कागती

कागतीमा पाइने साइट्रिक एसिडले शरीर भित्र रहेका विषाक्त पदार्थहरूसँग सजिलै प्रतिक्रिया गर्न सक्दछ र त्यसलाई टुक्र्याएर छान्ने प्रक्रियामा सहज बनाउँदछ। साथै साइट्रिक एसिडबाट हाम्रो शरीरले भिटामिन-सी पैदा गराउँदछ, जसले हाम्रो प्रतिरक्षा प्रणालीलाई मजबुत गराउँदछ। यसमा भएको फाइबरले पनि हाम्रो पाचनप्रक्रियामा राहत प्रदान गर्दछ। त्यसैले दैनिक विहान उठेपछि र राति सुत्नुभन्दा आधा घण्टा पहिला कागतीको जुस अथवा हट लेमन बनाएर पिउँदा शरीरको लागि अति फाइदा गर्दछ।lemon Juice

(तपाइँलाई थाहा नहुन सक्छ कागती पानीको यो जादु)
३. जिरा

एक गिलास पानीमा १ चम्चा जिराको दाना राखेर खैरो नहुञ्जेलसम्म उमालेर पिउनुहोस्। यदि तपाईँलाई खोकि लागेर घाँटीमा खकार जम्मा भएको छ भने पनि यसले कफ निकाल्नमा मद्दत गर्दछ। साथै, यसले शरीरमा भएका अन्य विषाक्त अनि नशालु पदार्थहरूलाई समेत पिसाब अथवा पसिनाको मार्फत बाहिर निकाल्नमा मद्दत गर्दछ।Cumin Water

(केवल १५ दिनमा मोटोपना घटाउने जीराको अचुक शुत्र)
४. बन्दा

बन्दागोबीमा भिटामिन-सी, भिटामिन-बी र फोलेट पाइन्छ। यसले शरीरको कोलेस्ट्रोलको मात्रालाई नियन्त्रणमा राख्नुको साथै कलेजो सफाई पनि गर्दछ। त्यसैले काँचो बन्दालाई राम्ररी पखालेर खाँदा अथवा त्यसको सूप बनाएर खाँदा पनि शरीरमा भएका अनावश्यक विषालु पदार्थहरूलाई सफा गर्दछ।Cabbage Soup

(गोलभेँडा अनि प्याँज काँचै खाँदा ठीक कि पकाएर? जान्नुहोस् ६ सब्जीको बारेमा)
५. दही

दही भनेको प्राकृतिक एण्टिबायोटिक्स हो, जसले शरीरमा भएका ब्याक्टेरियाहरूलाई मार्ने काम गर्दछ। साथै यसमा भएका असल ब्याक्टेरियाहरूले हाम्रो शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउने काम गर्दछ। त्यसैले दैनिक खानमा दही अनिवार्य राख्नु बुद्धिमानी हुन्छ।Curd Pot

(गर्मीमा दही खानुस्, यी रोगसँग लड्नुस्…)
६. हरियो सागपात

हाम्रो शरीरभित्रका घाउचोटहरू अथवा क्षति भएका अङ्गहरू निको हुनको लागि भिटामिन-ए, भिटामिन-सी र प्रोटिनको आवश्यकता पर्दछ, जुन हरियो सागपातमा प्रशस्तै पाइन्छ। त्यसैले यदि तपाईँ आफ्नो शरीरलाई भित्रैदेखि स्वस्थ र बलियो राख्न चाहनुहुन्छ भने दैनिक खानामा हरियो सागपातको तरकारी पनि समावेश गर्नुहोस्।Green Leaf Vegetables

(प्रजजन क्षमता र उर्वराशक्ति बढाउन के गर्नुपर्छ?)
७. व्रत बस्नुहोस्

व्रत बस्नु केवल धार्मिक पक्षबाट मात्रै राम्रो कुरा होइन, वैज्ञानिक पक्षबाट हेर्दा पनि कहिलेकाहिँ व्रत बस्नु एकदमै फाइदाजनक हुन्छ। महिनादिनमा १ चोटि व्रत बस्दा शरीरको पाचनप्रणालीले आराम पाउँछ र त्यसले पहिल्यैदेखि त्यहिँ भएका खानेकुरा र विषाक्तपदार्थहरूलाई छान्न पाउँदछ, जसको कारण शारीरिक तथा मानसिक दुवै तरिकाले हाम्रो स्वास्थ्य सुध्रिन पाउँछ।Fasting is good for health

(व्रत बस्नु शारीरिक तथा मानसिक स्वास्थ्यको लागि फाइदाजनक, जानौँ व्रत बस्नुका फाइदाहरू)
८. प्रशस्त पानी पिउनुहोस्

पानी पनि नपिउने अनि ‘मेरो पसिना आएन’, ‘मलाई थकाई लाग्यो’, ‘हाई आयो’ जस्ता गुनासो गर्नु भनेको नराम्रो बानी हो भन्दा फरक नपर्ला। पानी भनेको मानिसको शरीरले शतप्रतिशत रूपमा काम गर्नको लागि चाहिने अत्यावश्यक वस्तु हो। प्रकृतिले नै हामीलाई पिउनको लागि दिएको यो अनमोल देनको हामीले किन फाइदा नउठाउने? फेरि पानी पिएर हामीलाई नराम्रो पनि त हुने होइन। यत्ति हो कि फोहोर पानी पिउनुहुँदैन। त्यसैले यदि तपाईँ आफ्नो शरीरलाई भित्रैदेखि सफा राख्न चाहनुहुन्छ भने दिनमा कम्तीमा पनि २ लिटर पानी पिउने बानी बसाल्नुहोस्।water-bottle

(के पानी पनि बासी हुन्छ?)
९. व्यायाम गर्नुहोस्

व्यायाम गर्ने भन्नाले ठूल्ठूलो डम्बेल र बारबेल उचालेरै गर्नुपर्छ भन्ने छैन। विहान उठेर यसो बाहिरको ताजा हावा खान निस्कनुहोस्। एक्लै जान झ्याउ लागे आफ्ना साथी अथवा परिवारकै सदस्यालाई लिएर एकछिन भएनि मर्निक वाक गर्न निस्कनुहोस्। अलि-अलि जिउ तन्काउनुहोस्, अनि फर्किनुहोस्। आएर भिजाएको चना चपाउनुभयो भने त झन् सबैभन्दा राम्रो हुन्छ। यसरी दैनिक हलुका मात्र व्यायाम गर्दा पनि तपाईँले आफ्नो शारीरिक तथा मानसिक स्वास्थ्यमा ठूलो फरक आएको महशुस गर्न सक्नुहुन्छ।running

(दैनिक २० मिनेट व्यायाम गर्नुस, रुघाखोकीबाट जोगिनुस)
१०. बेलैमा सुत्नुहोस् अनि बेलैमा उठ्नुहोस्

यो नसोच्नुहोस् कि जतिबेला सुतेपनि सुत्ने नै हो, निन्द्रा लागिहाल्छ, थकाई मेटिहाल्छ। सुत्ने काम भनेको केवल थकाई मेटाउनको लागि मात्रै होइन, सुत्ने प्रक्रियामा हाम्रो दिमागले पुरै शरीरलाई मर्मत गरिरहेको हुन्छ। अनि यसको पनि एउटा छुट्टै निश्चित समय हुन्छ। रातभरि अनिदो बसेर दिउँसो भरि सुत्छु भन्नुभयो भने त्यो सुताईको कुनै मतलब हुँदैन, उठेपछि पनि तपाईँले उत्तिकै थकान र आलश्य महशुस गर्नुहुन्छ। त्यसैले राति चाँडै सुत्नुहोस् र ७ देखि ८ घण्टाको सुत्ने समय निर्धारण गरी सोहिअनुसार विहान उठ्ने गर्नुहोस्।Proper Sleep Time

(मिठो निन्द्राको लागि यस्तो खानेकुरा खानुस्)