-कुशल श्रेष्ठ

आज मात्रै विश्वको कुनै ठाउँमा १,५०,००० जना मानिसहरू मर्दैछन्, र भोली अर्को १,५०,००० जनाले आफ्नो जीवन गुमाउनेछन्। र अर्को तीतो सत्य कुरा के हो भन्दा तपाईँ कुन ठाउँमा जन्मिनुभयो र कति उमेरको हुनुहुन्छ भन्ने कुराले यसमा प्रत्यक्ष असर पारिरहेको हुन्छ। वैज्ञानिकहरूले यसलाई मापन गर्नको लागि एउटा रोचक मापनविधि अपनाउँछन्, ‘जीवनका हराएका वर्ष’ (years of life lost), जसले कुनै व्यक्ति अधिकतम आयुभन्दा कति चाँडै मर्दछ भन्ने कुराको मापन गर्दछ।

विश्वको कुन ठाउँको ‘जीवनका हराएका वर्ष’ को आँकडा सबैभन्दा खराब छ?

पत्ता लगाइएको उक्त मापनविधि यस्तो रहेको छः

यदि कुनै व्यक्तिको सरदर आयु ८६ वर्ष छ, तर सवारी दुर्घटनामा परेर २१ वर्षको उमेरमा मर्दछ भने त्यसलाई ‘सवारी दुर्घटनाको कारण ६५ वटा वर्ष हराए’ भनेर परिमाणित गर्न सकिन्छ। अब हरेक व्यक्ति, जसको सवारी दुर्घटनाको कारण अधिकतम आयु पुग्न नपाउँदै मृत्यु हुन्छ, त्यसलाई उक्त आँकडामा राखिन्छ। यस विधिबाट वैज्ञानिकहरूले कुनै निश्चित देश वा ठाउँमा मानिसहरू किन चाँडै मर्छन् भन्ने कुराको अनुमान लगाउन सक्दछन्।

हालै, विश्वभरबाट सैयौँ अनुसन्धानकर्ताहरू मिलेर हरेक देशको यस्ता आँकडाहरू सङ्कलन गरेका थिए। यसको नतिजालाई एक नक्सामा उतारिएको छ जसले सन् २०१३ मा विश्वभरीका देशहरूमा चाँडै मृत्यु हुने मूख्य कारण के रहेछ भनेर प्रष्ट पार्दछ।lost years of life

केहि नतिजाहरूले भने हामीलाई थाहा भैसकेका तथ्यहरूलाई अझै बढी उजागर गरेका पनि छन्- जस्तै अफ्रिकामा चाहिएजति खोप र उपचारको व्यवस्था हुन सकेको छैन, त्यसैले त्यहाँ चाँडै मृत्यु हुने मूख्य कारणमा सरुवा रोगहरूः निमोनिया, हैजा, एड्स र मलेरिया पर्दछन्। सबैभन्दा दुःखलाग्दो तथ्य त यो छ की प्रशस्त साधनस्रोत भएका देशहरूमा यस्ता रोगहरू सजिलै निको हुन्छ। अफ्रिकामा हेर्ने हो भने, हरेक १० मृत्यु मध्ये ४ मृत्यु १५ वर्ष नपुगेका बालकहरूको हुने गर्दछ।

अझै साउदी अरबमा डरलाग्दो सडक दर्घटना हुने तथ्य त झन् आश्चर्यजनक नै छ। कुल जनसङ्ख्याको ५० प्रतिशतलाई मात्रै सवारी चलाउन अनुमति भएपनि चाँडै मृत्यु हुने कारण नै यहि सवारी दर्घटना बनेको छ। गति सिमा तोक्दा पनि त्यहाँका युवाहरूको सवारी चलाउने ढङ्ग नै डरलाग्दो हुन्छ, जसको कारणले प्रतिदिन १९ वटा सवारी दुर्घटना भइरहेको हुन्छ।

भिडियो हेर्नुहोस्-

यस्तै आँकडालाई हेर्ने हो भने, एउटा यस्तो रोग छ, जुन उमेर ढल्कदै गएपछि बढी समात्छः हृदय रोग। विश्वका धनी देशहरूमा मृत्यु हुने मूख्य कारण हृदय रोग हुने गरेको छ। अब आउने दशकहरूमा, यो कुरा त निश्चित छ कि यो रोगले मृत्यु गराउने अरू कारणहरूलाई पनि उछिन्नेछ।

मृत्यु निश्चित भएपनि मानिसकै खेलाँचि, अनि अस्वस्थकर जीवन पद्धतीले अकाल मृत्युको कारण थपिदैँ गएको छ। खाना, पानी अनि हावा स्वस्थ राख्न के गर्न सकिन्छ सबैले आफ्नो ठाँउबाट भुमिका खल्नु पर्ने हुन्छ। यहि वातावरणमै हामी जीवन गुजार्छौ, त्यसैले वातावरण स्वच्छ राख्न आफै सक्रिय भएर लाग्नुपर्छ नत्र घर भत्कँदा बस्न कति गाह्रो हुन्छ त्यो भनिराख्नु पर्दैन।