एजेन्सी ।

‘द कपिल शर्मा सो’ का चर्चित कमेडियन कपिल शर्मा अझैपनि सबैभन्दा महंगा कलाकारका रुपमा चिनिन्छन् । केहि समय पहिले सार्वजनिक गरिएको एक तथ्यांक अनुसार कपिलले टिभी च्यानल सोनीसंग नयाँ करारको लागी हस्ताक्षर गरेका छन् । यसको लागी उनलाई १ सय १६ करोड रकम अफर गरिएको छ । कन्ट्राक्टका अनुसार उनले शुरु गर्ने भनिएको शो डिसेम्बर २०१७ सम्म चल्नेछ । यस आधारमा कपिलले प्रत्येक महिनाको शो बाट करिब १४ करोड ४० लाख भन्दा बढि आम्दानी गर्दछन् ।

रिपोर्टका अनुसार यस अघि आफ्नो कार्यक्रमको एउटा एपिसोडबाट मात्रै उनले ८० लाख देखि १ करोडसम्म आम्दानी गर्दथे । सोनी च्यानलमार्फत प्रसारण हुने अबको कार्यक्रमबाट मात्रै उनले  प्रति एपिसोड १ करोड  ६६ लाख  आम्दानी गर्नेछन् ।

यसबाट कपिल आफु एकदमै खुसी रहेको उनले बताए । साथै उनको कार्यक्रम द कपिल शर्मा शो बाट टिभीले राम्रो रेटिङसमेत पाइरहेको छ । त्यसैले अन्य केहि चर्चित च्यानलहरु उनलाई जति पनि रकम दिन तयार छन् ।

यस्तै कपिलमात्र नभएर उनी लगायतका अन्य सदस्यले पनि कार्यक्रमको चर्चाका कारण राम्रै कमाई गरिरहेका छन् । शो का पात्र डाक्टर गुलाटी देखि लिएर सरलाले पनि राम्रै कमाई गरिरहेका छन् ।

यो पनि पढ्नुस्
‘कपिल शर्मा शो’ मा किन आउँदैनन् सचिन तेन्दुलकर ? 
कपिल शर्मालाई १ सय १० करोड तलबको अफर