एजेन्सी । बलीउड पप गायिका माईली साइरसले आफ्नो घरमा लक्ष्मी पुजा गरेकी छिन् । उनले फलफुल र हलुवा चढाई, दियो बत्ति बालेर पुजा गरेकी छिन् । पुजा गरेको फोटो उनले सोमबार इन्स्टाग्राममा सेयर गरेकी छिन् ।

माईलीले सम्पुर्ण विधि विधानका साथ पुजा गरेकी छिन् । माइलीले हिन्दु धर्म अपनाएको खवर २०१२ मा बाहिर आएको थियो । त्यसपछि माइलीले आफ्नो बायाँ पाखुरामा ओम ‘ॐ ‘ टाटु समेत बनाएकी थिईन् ।

को हुन माइली साइरस ?
पप गायिका तथा संगीत, लेखक माइलीको जन्म २३ नोभेम्वर १९९२ मा अमेरिकामा भएको थियो । २५ वर्षीय साइरस डिज्नी च्यानल सिरिजको हिना मन्टेनामा मुख्य पात्रको भुमिकामा थिइन् । यसबाट उनी बढि चर्चित भइन् । माइलीको सानै उमेर देखि कलामा रुचि थियो । २०१५ मा साइरसले १०० प्रतिस्पर्धिलाई उछिन्दै सेक्सीएस्ट भेजिटेरिएन सेलीब्रेटीको उपाधि जितेकी थिईन् । २००८ मा मिलीयन डलर सम्पतीसंगै माइली फोब्र्स म्यागजिनको १०० सेलिब्रेटी मध्ये ३५औ स्थानमा परेकी थिइन् ।

माइलीले विग फिस, बोल्ट, हिना मन्टाना, द लास्ट सन्ग, सो अन्डर कभर, क्राइसिस इन सिक्स सिन्स लगायतका फिल्ममा काम गरेकी छिन् । मिट माइली, ब्रेक आउट, कान्ट वी टेम्प्ड, माइली साइरस एन्ड हर डेज आदि उनका चर्चित एल्बम हुन् ।