एजेन्सी । हाइहिलको प्रचलन घोडसवारीबाट सुरु भएको मानिन्छ । घोडाबाट तल झर्दा सहज होस् भन्ने हिसाबले हाइहिलको प्रचलन सुरु भएको थियो । अहिले सबैतिर महिलाका खुट्टामा हाइहिल देख्न सकिन्छ।

किशोरीहरुले हाइहिल लगाउने महिलाप्रति प्रायले भ्रम पालेका हुन्छन् । उनीहरु सोच्छन् कि हाइहिल लगाउनाले वयस्क भइन्छ, अर्थात हिलजुत्ता लगाउनेहरु असल हुन्छन्, ग्ल्यामरस देखिन्छ, स्टार र सुपरमोडलहरुले मात्र हाइहिल लगाउछन् आदि इत्यादी ।

जब महिला वयस्क हुदै जान्छन् र फेसनमा सहि र गलत छुट्याउन जान्दछन्, त्यसपछि जहाँ पनि हाइहिल लगाउनु हुन्न भन्ने थाहा पाउँछन्।

हाइ हिलको असर दिमागमा

महिलाले सोच्ने गर्दछन् कि, हाइ हिल लगाउदा आफु एकदमै सुन्दर देखिन्छु, पुरुष आफुप्रति आकर्षित हुने गर्दछन्… । र आफु एकदमै स्मार्ट, सेक्सी र आकर्षण महिला भएको देखाउन चाहन्छन् । तर महिलाको हाइहिलको कारण पुरुषको व्यवहारमा उल्लेख्य प्रभाव नपर्न पनि सक्छ।

साथै जब कुनै महिलाले हाई हिल लगाउँछिन्, उनको दिमागमा ‘भिक्टोरिया सिक्रेट मोडल (टेलिभिजन फेशन शो )’ को जादु चल्न थाल्छ । लाग्छ आफ्नो सेक्स अपिल बढ्दैछ । आफु राम्री छु भन्ने भावना आउन सक्छ। यो भावनाले आत्मविश्वास बढाउँछ। जुन सकारात्मक पक्ष हो । तर यहि भाव नियन्त्रण नभए घमण्ड बढ्ने अनि आफु र अरुको लागि तनाव बढ्ने पनि हुन सक्छ।

हाइहिलले बाहिरी व्यक्तित्व बढेको लाग्नु स्वभाविक हो । तर यसरी बढेको आत्मविश्वाससंगै आफ्नो सुन्दरतालाई लिएर घमण्ड बढ्न दिनु भने हुँदैन ।

साथै हिल लगाउँदा शरीरमा पर्ने असरबारे सर्तक हुन जरुरी हुन्छ ।