शरीरका अंगबारे बताउने समुन्द् शास्त्रमा हत्केलामा रहेका रेखाको महत्वबारे चर्चा गरिएको छ । यो शास्त्र अनुसार हाम्रो जीवनमा आर्थिक अवस्था के हुने भन्ने विषयमा रेखा हेरेर थाहा पाउन सकिन्छ ।

हत्केलामा हुने रेखा हेरेर भन्न सकिन्छ कि जीवनमा को ब्यक्ति धनाड्य बन्छन् भनेर । कस्तो हुन्छ धनाड्य बनेको हातको रेखा ?

१ हत्केला बाक्लो छ र औंलाको आधार बराबरी छ तथा भाग्य रेखा समेत एक भन्दा बढी छन् भने जीवनमा धन प्राप्त हुन्छ । यस्ता रेखा हुने ब्यक्तिलाई जीवनमा अचानक धन आइलाग्छ ।

palm line of rich people 9



२ भाग्य रेखा हत्केलामा मोटोबाट पातलो हुँदै गएको हुन्छ । जीवन रेखा गोलो र शनि पर्वत अग्लो हुने ब्यक्तिलाई ब्यवसाय गरेर धन हात पर्छ । करोडपति बन्ने सम्भावना हुन्छ ।

palm line of rich people 8

३ हत्केला बाक्लो छ र जीवन रेखाका साथै मंगल रेखा पनि गएको छ भन् यो ब्रम्हाको संकेत हो यसले तपाइँ करोडपति हुने जानकारी दिन्छ । यस्ता ब्यक्तिलाई जीवनमा पैत्रिक सम्पति समेत प्राप्त हुन्छ ।

palm line of rich people 5

४ हत्केलामा भाग्य रेखा जीवन रेखाबाट टाढा छ र चन्द्र पर्वतदेखि निस्किएको रेखा भाग्य रेखा सम्म पुगेको छ भने पनि विदेश गएर धन कमाउने योग देखाउँछ ।

palm line of rich people 1

५ भाग्य रेखा मणिबन्ध रेखाबाट निस्किएर सोझै शनि पर्वतमा पुगेको छ र सूर्य रेखा एक भन्दा अधिक छ भने सूर्य र शनिको प्रभावले त्यस्ता ब्यक्तिलाई अति धनी बनाउँछ ।

palm line of rich people 2

६ चन्द्रमबाट एक रेखा निस्किएर भाग्य रेखा सम्म पुगेको र छ भाग्य रेखा पातलो हुँदै शनि पर्वत सम्म पुगेको छ भने यस्ता ब्यक्ति पनि सहजै करोडपति बन्न सक्छन् ।

palm line of rich people 3

७ विवाह रेखा गुरु पर्वतमा पुगेको छ र हातमा मोटा रेखाको जालो छैन भने मस्तिस्क रेखा नफाटेका ब्यक्तिलाई पनि महिला वा ससुरालीको तर्फबाट नसोंचेको मात्रामा धन प्राप्त हुन्छ ।

palm line of rich people 6

८ हातमा औंलाहरु सिधा छन् र जीवन रेखा गोलो छ एवं शुक्र पर्वतमा कोठी छ भने करोडपति बन्ने संकेत हो ।

palm line of rich people 7

९ हत्केलामा भाग्य रेखा, बुध रेखा तथा मस्तिष्क रेखा त्रिकोणको चिन्ह बनाएको अवस्थामा छन् भने तपाइँ धनी बन्ने निश्चित छ ।

यो पनि हेर्नुस्

यस्ता रेखा भएकाहरुको भाग्य विवाह पछि चम्किन्छ

हातको रेखा काटिएको छ भने छोटो आयु हुन्छ