कुशल श्रेष्ठ

ग्रहको वरिपरि घुम्ने आकाशीय पिण्डलाई उपग्रह वा चन्द्रमा भनिन्छ। पानी भेटिएको ग्रह ‘मंगल’को दुईवटा चन्द्रमाहरु छन्, फोबोस र डेइमोस। त्यस्तै पृथ्वीको पनि एउटा चन्द्रमा छ। तर अन्य ग्रहको झै पृथ्वीको चन्द्रमाको छुट्टै नाम छैन, किन?

नासाका वैज्ञानिकहरू भन्छन् हाम्रो चन्द्रमाको नाम ‘मून’ (Moon) हो अर्थात ‘चन्द्रमा’। ‘मून’ शब्द जर्मनी भाषाबाट साभार गरिएको हो, जसको अर्थ हुन आउँछ ‘उस्ता-उस्तै’।moon-earth-02

मानव इतिहासको प्राचीन समयमा पृथ्वीको चन्द्रमा र अरू ग्रहहरूको चन्द्रमालाई छुट्याउनको लागि नामाङ्करण गरिराख्नुपर्ने जरुरी थिएन। त्यो बेलासम्म कसैलाई थाहा थिएन कि पृथ्वीको झै अन्य ग्रहहरुको पनि चन्द्रमा छ। त्यसपछि सन् १६१० मा ग्यालिलियो ग्यालिलीले वृहस्पति ग्रहको (Jupiter) चन्द्रमाहरू टेलिस्कोपबाट पत्ता लगाएपछि खगोल विज्ञानमा ठुलो परिवर्तन आयो। ग्रह, ग्रहका उपग्रह, तारा तथा अन्य आकाशिय पिण्डहरु खोज सुरु भयो।

अन्य ग्रहहरुलाई परिक्रममा गर्ने ती उपग्रहरु पनि चन्द्रमा नै हुन। यसरी अन्य ग्रहका चन्द्रमाहरु पत्ता लागेपछि ती चन्द्रमाहरुलाई फरक फरक नाम दिइँदैगयो ताकि ती चन्द्रमाहरुलाई चिन्न सकियोस्।

वृहस्पति ग्रहको ६७ वटा चन्द्रमाहरू छन्- जसमध्ये ग्यालिलीयोले पत्ता लगाएका ४ चन्द्रमाहरूको नाम लो, यूरोपा, जेनीमेड र क्यालिस्टो (Lo, Europa, Ganymede and Callisto) रहेको छ।

पृथ्वीको चन्द्रमाको भने छुट्टै नाम छैन। यसलाई चन्द्रमा (Moon) कै नामले पुकारिदै आएको छ। भाषा अनुसार शब्द फरक भएपनि पृथ्वीको चन्द्रमालाई छुट्टै नाम दिइएको छैन, यहाँ छुट्टैको अर्थ हुन्छ यसलाई छुट्टै नाम विज्ञानले दिएको छैन। ‘जुन’ पनि चन्द्रमालाई भन्ने गरिन्छ। Moon को अर्थ हुन्छ ग्रहको वरिपरि घुम्ने प्राकृतिक उपग्रह। आदिमकाल देखि नै चन्द्रमासंग मानिस परिचित हुँदा यसको नाम रहन पुग्यो। प्रविधिको विकास भएपछि अन्य ग्रहका पनि चन्द्रमा भेटिए। वैज्ञानिकले पत्ता लगाएका, कति टाढा, घुम्दै गरेको चन्द्रमाहरु टेलिस्कोपमा देखिएपछि छुट्टा छुट्टै नाम दिइँदैगयो।

पृथ्वीबाट मानिस चन्द्रमामा पुगिसकेको छ। नाशाका वैज्ञानिकहरुले मंगल ग्रहमा रोबोट पठाएर त्यहाँको वातावरण अध्ययन गर्दै छन्। मानिसलाई मंगल ग्रह लैजाने प्रविधि विकासमा नाशाले काम अगाडी बढाएको हो। यस्तो अन्य ग्रहको खोजी तथा अध्ययनले पृथ्वीमा झै ती ग्रहमा पनि जीवन छ या छैनको जानकारी पाउन सकिन्छ। जहाँ पानी हुन्छ त्यहाँ जीवन सम्भव हुन्छ।

नाशाले मंगल ग्रहमा पानी र अक्सिजन सहित अन्य तत्व तथा पदार्थ पत्ता लगाउन पहिले रोबोट पठाएको हो। क्युरिओसिटी नामको रोबोटले अहिले मंगलग्रहबाट त्यहाँको वातावरण र भौगोलिक बनावटको जानकारी र तस्बिर पठाइरहेको छ। मंगलमा पानी भेटिएको छ। त्यहाँ जीवन सम्भव हुने या नहुने पत्ता लगाइसकेपछि नाशाले त्यहाँ सम्भवत मानिस पठाउने छ।

यो पनि हेर्नुहोस्-

मंगल ग्रहको वायुमण्डलबारे नयाँ तथ्य: पृथ्वी पनि मंगल झै हुने सम्भावना उच्च

नेपाली बैज्ञानिक ओझालाई अर्को सफलता, मंगल ग्रहमा बगिरहेको पानीको श्रोत भेटियोे

क्युरियोसिटीले मंगल ग्रहमा बनायो यस्तो आकृती…(तस्विरसहित)

क्युरिओसिटीले मंगल ग्रहमा फुटायो ढुङ्गा

नासाले खिच्यो चन्द्रमाले पृथ्वीलाई घुम्दै गरेको अभूतपुर्व तस्विर
२ वटा चन्द्रमा देखिने हल्ला के हो ?
४० बर्षपछि चन्द्रमा जादाका सामान भेटियो
चन्द्रमामै चिया दुकान (फोटो फिचर)