तेल पछि विश्वमा सबैभन्दा बढी खपत हुने पेयपदार्थ हो कफी। कफी विश्वभरमा हरेक दिन २ अरब २५ करोड कप भन्दा बढि खपत हुन्छ ।

तर कफिले हाम्रो दिमाग तथा शरिरमा कसरी काम गर्छ र कस्तो असर गर्छ ? 

हामी जागा रहँदा दिमागमा एडोनोजिनको मात्रा बढिरहेको हुन्छ । एडोनोजिन शरिरमा पाइने एउटा यस्तो हर्मोन हो, जसले व्यक्तिलाई थकित तथा दिमागलाई सुस्त बनाउँछ । हामी जति नसुति बस्छौं यो हर्मोनको मात्र त्यति नै बढ्छ, र बढी थकाइ र निन्द्रा लाग्छ। तर जब हामी सुत्छौ, दिमागमा यो हर्मोनको मात्र घट्न थाल्छ र बिहान उठ्दा फेरि ताजा महसुस हुन्छ।

कफिमा पाइने क्याफिनको संरचना पनि एडोनोजिनसंग मिल्छ । तर यसले दिमागमा एडोनोजिनभन्दा ठ्याक्कै उल्टो काम गर्दछ । यसले दिमागमा एडोनोजिनको प्रभावमा कमी ल्याउँछ र हामीलाई फ्रेस राख्न मद्धत गर्छ।

हामीले पिएको कफिमा हुने क्याफिन रगत हुँदै दिमागसंग पुग्छ । यसले एडोनोजिनको प्रभाव कम गर्छ जसले गर्दा व्यक्तिले स्मरण शक्ति बढेको र मुड फ्रेश भएको अनुभव गर्छन्। तर कफिको लामो समय खपत गर्दा दिमागमा एडोनोजिन रिसेप्टर बढ्न जान्छ। र बढेको रिसेप्टर अनुसार कफि खपत गरिएन भने यी बढेका रिसेप्टरमा एडोनोजिनले ठाउँ लिन्छ, फलत: सामान्य भन्दा झन् बढी थकाई महसुस हुन्छ। अर्थात अब फ्रेस अनुभव गर्न बढी क्याफिनको आवश्यकता पर्छ। यसैले कफिको लत लागेको छ भने एकैपटकमा छोड्दा अस्वाभाविक रुपमा थकाइ महसुस गरिन्छ।

कफिमा पाइने क्याफिनले शरिरमा एड्रिलिन हर्मोनको उत्पादनमा वृद्धी गराउँछ । जसको कारण मुटुको धड्कन बढ्ने, रक्तसञ्चार बृद्धि र स्वासप्रश्वास प्रक्रिया सहज गर्छ।

साथै यसले दिमागमा डोपामाइन हर्मोनको स्तर बढाउँछ। फलत: व्यक्ति खुसी महसुस गर्छ। यसैकारण कफिको लत लाग्छ। कुनै ड्रग्सको लत झै हुन्छ यस्को लत।

त्यसैले धेरै कफि पिउनु उत्तिकै हानिकारक हुन जान्छ । तर ओभरडोज हुन १५० मिलीग्राम क्याफिन प्रति किलोग्राम चाहन्छ। अर्थात यदि शरिरको तौल ५० किलोग्राम छ भने कफिको ओभरडोज हुन ५ हजार ५ सय मिलीग्राम क्याफिन आवश्यक हुन्छ। एउटा सामान्य कप कफिमा १५० मिलिग्राम क्याफिन हुन्छ। अर्थात कफिको ओभरडोज हुन ५० केजीको व्यक्तिले एकैपटक ५० कप कफि पिउँनु पर्छ।

कफिको हाफलाइफ करिब ६ घण्टाको हुन्छ। अर्थात कफि पिएको ६ घण्टामा शरिरले क्याफिनको आधा मात्र खपत गरिसकेको हुन्छ। अर्को ६ घण्टामा बाँकी रहेको क्याफिनको पनि आधा खपत हुन्छ। अर्थात, एक कप कफि पिउँदा १५० मिलिग्राम क्याफिन शरिमा प्रवेश गर्छ। ६ घण्टामा ७५ मिलिग्राम शरिरमा बाँकी रहन्छ। अर्को ६ घण्टामा ३७.५ मिलिग्राम मात्र बाँकी रहन्छ। प्रत्येक ६ घण्टामा कफिको प्रभाव घट्दै जाँदा, अालस्यता पनि त्यहि अनुपातमा बढ्दै जान्छ।