२३ चैत, काठमाडौं ।

पूर्वयुवराज्ञी हिमानी शाह आइतबार नयाँदिल्ली गएकी छिन् ।
निर्मलनिवासका केही कामदार र पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकिय सचिव सागर तिमल्सिनासहित उनी दिल्ली गएकी हुन् ।  हिमानी आइतबार बिहान ८ बजेको उडानबाट दिल्ली गएकी हुन् ।

Himani_Shah muskan
उनी एक महिना उतै रहनेछिन् । उनले छोराछोरी भने लगेकी छैनन् । पूर्वराजा ज्ञानेन्द्र पनि यही साता दिल्ली जाने कार्यक्रम छ । लामो समयको थाइल्यान्ड बसाइपछि नेपाल फर्किएका पारसलाई भने हिमानीले भेटेकी छैनन् । आजको नयाँ पत्रिकामा खबर छ ।