काठमाडौंदेखि लुक्लासम्म २८ तस्विरमा नियाल्नुस्
प्रयास पराजुली
काठमाडौंदेखि सोलुखुम्बु जिल्लाको लुक्लासम्म अझैसम्म सडक यातायात पुग्न सकेको छैन् । काठमाडौंदेखि लुक्कासम्म एक मात्र विकल्प हवाई सेवा मात्र हो ।
लुक्लाबासीको लागि राजधानीबाट नुनदेखि सुनसम्म सबै हवाइ जहाजबाटै लैजानु पर्छ । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने प्रमुख गन्तव्यको रुपमा रहेको लुक्ला विश्वकै खतरनाक विमानस्थलको सूचिमा रहेको छ ।
यातायातको विकल्प नहुँदा सगरमाथा जाने आन्तरिक तथा वाह्य पर्यटक हवाइ मार्ग हुँदै लुक्ला पुग्ने गरेका छन् । लुक्लामा अधिकाश समय पानी पर्नाले हवाई सेवा पनि सहज छैन ।
हिमाली श्रृंङखलाहरु छिचोल्दै, वाक्लो हुस्सुको बाटो पन्छाउदै राजधानीबाट हवाइ जहाजहरु लुक्ला विमानस्थलमा पुग्ने गरेका छन् । काठमाडौंदेखि लुक्लासम्मको हवाई यात्राको क्रममा देखिएका नगरकोट, पाँचखाल, दोलालघाट सैलुङ्ग, हुँदै लुक्लासम्मको फोटो कथा हेर्नुहोस् ।