“समय नै परिवर्तन हो, अनि परिवर्तन नै समय हो!”

-कुशल श्रेष्ठ

सन् २०१५ अगस्ट ६ गतेको दिन हिरोसिमामा आणविक बम बिस्फोटको ७० औँ वार्षिकोत्सव हुन आउँदछ। ‘लिटल ब्वाइ’ नाम गरेको आणविक बमले त्यस वर्षको अन्तिम सम्ममा करीब १,४०,००० जनाको ज्यान लिसकेको थियो। त्यसको ३ दिन पछि नागासाकीमा अर्को आणविक बम ‘फ्याट म्यान’ खसालिएको थियो, जसले ७३,००० जनाको ज्यान लिएको थियो।Hiroshima and Nagasaki - Before and After (6)माथिको तस्विरमा सन् १९४५ अगस्ट ६ गतेको दिन आणविक बम बिस्फोटपछि खिचिएको ‘हिरोसिमा प्रिफेक्चरल इण्डस्ट्रीयल प्रोमोसन हल’ देखाइएको छ। यो तस्विर अगस्ट २० मा ‘मासामी ओकी’ले खिचेका थिए।

सोहि तस्विरको तल्लो भागमा, सन् २०१५ जुलाइ २८ मा खिचेको ‘एटमिक बम्ब डोम’ नाम गरेको सोही भवन देखाइएको छ।


Hiroshima and Nagasaki - Before and After (1)माथिको तस्विरमा सन् १९४५ को हिरोसिमा बम आक्रमणपछि पुलमा हिँडिरहेका मानिसहरू देखिएको छ। यो तस्विर सन् १९४५ अक्टोबरमा ‘सिगयो हायासी’ले खिचेका थिए।

यसै तस्विरको तल्लो भागमा, त्यही ठाउँलाई २०१५ जुलाइ २८ मा खिचिएको थियो।


Hiroshima and Nagasaki - Before and After (2)माथिको तस्विरहरूमा पहिले हिरोसिमाको ‘आइओइ पुल’मा हिँडिरहेको मानिस देखिएको छ र सोहि ठाउँ २०१५ मा कसरी परिवर्तन भएको छ भनेर देखाइएको छ। उक्त तस्विर ‘सिगेयो हायासी’ले खिचेका थिए।


Hiroshima and Nagasaki - Before and After (9)हिरोसिमामा सन् १९४५ को बम आक्रमण पछि ‘योरोजुयो पुल’मा भएको क्षति र अहिलेको अवस्था, माथिको तस्विरमा देखाइएको छ।

उक्त तस्विर सन् १९४५ नोभेम्बरमा अमेरिकी सिपाहीले खिचेका थिए।


Hiroshima and Nagasaki - Before and After (3)सन् १९४५ को हिरोसिमा बम आक्रमण पछि ‘योरोजुयो पुल’को अवस्था र अहिले सोही ठाउँको अवस्थालाई माथिको तस्विरमा देखाइएको छ।

यो तस्विर पनि अमेरिकी सिपाहीले खिचेका थिए।


Hiroshima and Nagasaki - Before and After (4)सन् १९४५ अगस्ट ९ मा नागासाकीको बम आक्रमण पछि क्षतविक्षत भएको ‘सिरोयामा नेशनल स्कुल’ र सोहि ठाउँमा अहिलेको अवस्थालाई माथिको तस्विरमा देखाइएको छ।
यो तस्विर ‘सिगेयो हायासी’ले खिचेका थिए।


Hiroshima and Nagasaki - Before and After (8)माथिको तस्विरमा नागासाकीको बम आक्रमण पछि ‘उराकामी गिर्जाघर’को अवस्था र सोहि ठाउँलाई ७० वर्ष पछि हेर्दा कस्तो देखिएको छ भनेर देखाइएको छ।

उक्त तस्विर पनि ‘सिगेयो हायासी’ले खिचेका थिए।


Hiroshima and Nagasaki - Before and After (5)यो तस्विरमा चाहिँ नागासाकी बम आक्रमणपछि ‘उराकामी गिर्जाघर’को दक्षिणी भागको क्षतिग्रस्त ढोका र अहिले सोहि ठाउँको अवस्था देखाइएको छ।

यो तस्विर भने ‘हिसासी इसिदा’ले खिचेका थिए।


Hiroshima and Nagasaki - Before and After (7)अगस्ट ९ मा भएको बम आक्रमण पछि ‘नागासाकी मेडिकल कलेज’को भग्नावशेष र २०१५ मा सोहि ठाउँको दृश्य माथिको तस्विरमा देख्न सकिन्छ।

उक्त तस्विर ‘तोराहिको ओगावा’ले खिचेका थिए।