३२ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज पूर्वी तराईको विभिन्न जिल्लाको भ्रमणमा गएका छन् । उनले बाढी प्रभावित विभिन्न जिल्लामा पुगेरबाढी पीडितलाई भेटेरै राहत वितरण गरेका छन् ।

सप्तरी, सर्लाही लगायतका जिल्लामा हिलोमा डुबेरै प्रचण्डले राहत वितरण गरे । पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्ड छालाको जुत्ता लगाएर पनि हिलोमा टेक्न हिच्किचाएनन् ।

उनी हिलाम्य हुँदै बाढी पीडितका वस्तीमा पुगे । मधेशमा बाढीले ठूलो विनाश ल्याएको भन्दै प्रचण्डले समगै मधेशको पीडा आफूहरुको पनि रहेको भन्दै राहत वितरण गर्न आएको बताए ।

यसअघि प्रधानमन्त्री मन्त्रीहरु हेलिकप्टरबाटै घुमेको, हिलोमा टेक्न हिच्किचाएर सुरक्षा गार्डले इट्टा खोजेर बाटो बनाउनुपरेको समाचार आइरहँदा प्रचण्ड भने लौरो टेकेर हिलाम्य हुँदै पीडितको वस्तीमा पुगेका थिए ।(हेर्नुस् भिडियो)