१८ मंसिर, काठमाडौं । नेपाली चलचित्र ‘जात्रा’ ले धुम मच्चाइरहेको बेला नयाँ शक्ति नेपालका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि यो फिल्म हेर्न हल पुगेका छन् । jatra

बिहिबार सुन्धारास्थित सिभिल मलको क्युएफएक्स सिनेमा हलमा पुगेर पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपाल पार्टीका प्रमुख डा. बाबुराम भट्टराईले पनि ‘जात्रा’ हेरेका छन् । ‘जात्रा’ लाई डा. बाबुराम भट्टराईले उत्कृष्ट चलचित्रको उपमा दिएका छन् । जात्रा हेर्न हलमा पत्नी हिसीला यमी, नयाँ शक्ति पार्टीकी सदस्य तथा अभिनेत्री करिश्मा मानन्धर
पुगेका थिए ।

प्रदीप भट्टराई निर्देशित ‘जात्रा’ नेपाली समाज र राज्यको जीवन्त र रोचक चित्रण गर्ने चलचित्र रहेको बाबुराम भट्टराईले बताएका छन् । उनले भने, ‘समाजमा आर्थिक रुपको जुन खालको विपन्नता छ । र, त्यो कारणले राज्य सत्तामा जुन खालको विसंगती छ । आज कसैले कसैमाथि विश्वास गर्न सक्ने वातावरण छैन । त्यसको सजिव चित्रण चलचित्रमा गरिएकाले निकै मन पर्यो ।’ यस्तै बाबुराम पत्नी यमीले ‘जात्रा’ ले आफुलाई गम्भिर बनाएको बताइन् । ‘जात्रा’ एशियामै अवार्ड पाउनलायक सिनेमा रहेको उनको भनाई छ ।

यस्तै, अभिनेत्री मानन्धरले जात्रालाई हाँसो र रोनदयुक्त चलचित्र भनी व्याख्या गरेकी छिन् । ‘जात्रा नहेरेको भए मैंले राम्रो चलचित्र छुटाउने रहेछु’ उनले भनिन् । रविन्द्रसिंह बाँनिया निर्मित चलचित्र ‘जात्रा’ मा कलाकार विपिन कार्की, रविन्द्र झा, निर्माता बाँनिया र नायिका बर्षा राउतको मुख्य भूमिका रहेको छ ।