हृदयघातका संकेतहरु जानी राख्नुले साँच्चैको ज्यान बचाउँछ। किनकी हृदयघात एक गुप्त हत्यारा हो, कति बेला कसलाई आक्रमण गर्न थाहा हुदैन।

शारिरीक कसरतको कमी, पौष्टीक तत्व नपुर्याइ खाने पद्धती अनि अस्तव्यस्त जीवन पद्धतीले हृदयघातको सम्भावना बढाउँछ।Heart sign

छाती गह्रौ भएको जस्तो भएमा, पेटको माथील्लो भागमा असह्य पीडा भएमा, देब्रे पाखुरा दुखेमा, घाँटी र च्यापु दुखेमा अनि स्वास छिटो छिटो भएको खण्डमा तत्कालै नजिकैको अस्पतालमा इसीजी गर्न जानु बुद्धिमानी हुन्छ। कतिपय अवस्थामा यी लक्षणहरु वेवास्ता गरिन्छन् तर यी लक्षणहरु देखिएमा तत्कालै मेडिकल सहयोग लिनुपर्छ।

अरु लक्षणहरुमा, थकाइलाग्ने, वान्ताहुन खोज्ने, गर्मी नहुँदा नै पसिना छुट्ने, चक्कर आउने आदी पर्छन। साथै छातीमा घोचेको झै हुने, छाती भित्र पसेझै लाग्ने पनि अनुभव हुन सक्छ।

हृदयघात हुनु पुर्व पुरुषहरुमा छातीको दुखाइ प्रमुख मानिन्छ भने महिलाहरुमा स्वासफेर्न नसक्ने, रिगँटा लाग्ने, अनि ढाड र च्यापु दुख्ने लक्षण देखिन्छ।

यस्ता लक्षण देखिएमा तत्कालै अस्पताल गइ आवश्यक सल्लाह वा उपचार लिनु पर्दछ।

यो पनि पढ्नुहोस्।
यस्तो बानी भएकाहरुलाई हुन्छ हृदयघातको खतरा !!
मृगौला जोगाउन चाहनु हुन्छ ? खानुस् यी ७ खाना
आँखा बचाउने ७ उपाय
छालालाई स्वस्थ कसरी राख्ने ? (टिप्स सहित)
एलर्जीले सताएको छ? एलर्जी बेलिविस्तार पढ्नुहोस्।