१० जेठ, काठमाडौं । हेटौंडा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा नेकपा एमालेका उमेद्बारको जित सुनिश्चित भएको छ ।

५ सय ३८ मत गन्न बाँकी रहँदा एमाले प्रमुख पदका उमेद्बार हरिबहादुर महत काँग्रेस उमेद्बार आनन्दराम पराजुलीभन्दा ५ सय ९८ मतले अगाडि रहेका कारण जित सुनिश्चित भएको हो ।

उपप्रमुख पदमा एमालेकी मिना लामा माओवादी उमेद्बार भन्दा झण्डै ५ हजार मतले अगाडि रहेका कारण उनको पनि जित सुनिश्चित भइसकेको छ ।