२७ साउन, काठमाडौं ।

अहिले काठमाडौं सहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । आज दिनभर अधिकाँस ठाउँमा मौसम बद्ली भएर पानी पर्ने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

झापादेखि मध्य तराईका केही ठाउँमा भने भारी वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कंडेलले जानकारी दिइन । काठमाडौंमा पनि आज मौसम बद्ली हुने र पानी पर्ने महाशाखाको अनुमान छ ।