एजेन्सी । युरोपको फेशन जगतमा सर्पको खालाको माग बढ्दो छ, जसले गर्दा दक्षिण पूर्वी एसियामा अजिङ्गरको प्रजातिको तस्करी बढ्दो छ । यी प्रजातिका सर्पको संख्या ठूलो संख्यामा घट्दै गईरहेको छ, किनकि यी सर्पका छालाको माग युरोपियन फेसन उद्योगमा बढ्दो छ ।

अन्तराष्ट्रिय ट्रेड सेन्टरको एक रिपोर्टमा भनिएको छ, ‘दक्षिण पूर्वी एसियाका अजिङ्गरका छाला र मासुलाई परम्परागत औषधिको प्रयोजनका लागि मारिँदैछ ।’

तस्विरमा देखिएको सर्प वधशाला इन्डोनेसियाको एक गाउँको हो, जहाँ दैनिक हजारौँ सर्प मारिन्छ । त्यसपछि, त्यसको छाला निकालिन्छ, जुन गाउँको मुख्य स्रोत हो । यी सर्पको छालाबाट बनेका ह्यान्ड ब्यागको फेसन–जगतमा राम्रै माग छ ।

इन्डोनेसियाको जाभा प्रान्तको यस फ्याक्ट्रीमा सर्पको छालाबाट ब्याग, जुत्ता, पर्स र बेल्ट बनाइन्छ, जहाँका कालीगढलाई एक ब्याग बनाए बराबर २० पाउन्ड मिल्छ ।

सर्पलाई पानीमा हालेर उमालिन्छ, ताकि सजिलै छाला छिल्न सकियोस् । छाला उतारेपछि सुकाउँन लठ्ठीमा पल्टाएर राखिन्छ । छाला मात्रै होइन, सर्पको मासुलाई पनि बेचिन्छ । भनिन्छ, सर्पको मासुले पुरुषत्व बढ्छ, त्यसैले यसको निकै माग हुन्छ ।