एजेन्सी । पाकिस्तानको कराँची शहरमा एक पाँचतारे होटलमा आगो लाग्दा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् ।

pak-aaglagi

घाइते मध्ये ३० जनाको अवस्था गम्भीर रहेको पास्तिानी टेलिभिजन च्यानल जियो न्यूजले जनाएको छ । रिजेन्ट प्लाजा नामको होटलमा भान्साबाट सल्किएको आगो होटलमा फैलिएको थियो ।

pak-aaglagi31

आगो लागेपछि केहीले झ्यालबाट हाम फालेको र केहीले ओछ्यानका तन्नाहरु प्रयोग गरी ओर्लिएर ज्यान जोगाएका स्थानीय संचारमाध्यमहरुले जनाएका छन् । आगो लागेपछि होटलभित्र फसेका विदेशी नागरीकसहति झण्डै एकसय जनालाई क्रेनको सहायताले बाहिर निकालिएको थियो ।

aago-pak

कराँचीका मेयर वसीम अख्तरले आपतकालीन् ढोका र फायर अर्लामको अभावका कारण उद्धार कार्यमा कठिनाई भएको बताएका छन् ।