होलीलाई लिएर हिरण्यकश्यप र उनकी बहिनी होलिकाको कथा अत्यन्तै प्रचलित छ । प्राचीन कालमा अत्याचारी राक्षसराज हिरण्यकश्यपले ब्रह्माबाट वरदान पाएका थिए ।

वरदानको कारण उनको अहंकार बढ्यो, अत्याचारी बन्ने । आफैलाई ठूलो र शक्तिशाली मान्न थाले। हिरण्यकश्यप एक पुत्र थिए, प्रह्लाद । प्रह्लाद भगवान विष्णुका परम भक्त थिए र उनीमाथि भगवान विष्णुको कृपा–दृष्टि थियो ।

हिरण्यकश्यपले प्रह्लादलाई अन्यको स्तुति नगर्न आदेश दिए । हिरण्यकश्यप उनलाई मार्न उत्रिए । हिरण्यकश्यपले अनेक उपाय र जुक्तिले प्रह्लादलाई मार्ने चेष्टा गरे । होलिका, हिरण्यकश्यपकी बहिनीले आगोले नपोल्ने वरदार पाएकी थिइन् । होलिका प्रह्लादलाई लिएर आगोमा पसिन।

आगोले  प्रह्लादलाई केही गरेन। होलिकाको आगोमा जलेर अन्त्य भयो।

यसरी प्रह्लादलाई मार्ने कोशिशमा हालिका आफैँ भस्म भएकी थिइन् । गोधुली साँझमा नृसिंह रुपमा आएका विष्णुले काख राखी नङ्ग्राले अत्याचारी हिरण्यकश्यपको वध गरे ।धर्म पक्षको जित भएको दिनको खुसीयालीमा पनि होली मनाइने गर्छ।