होली रंङहरुको पर्व हो । विशेषगरि हिन्दुधर्मावलीहरुले मनाउने यो पर्व हिजो आज सबै समुदायमा लोकप्रिय बनेको छ । तर होलीमा लगाइने रंगमा विभिन्न रसायनहरु हुने बारे भने हामी खासै ख्याल राख्दैनौ। तनाव त अझ होली खेलीसकेपछि अनुहार अनि छालबाट होलीको रङ फाल्दा हुन्छ । ५ वटा टिप्स अपनाउनुस् ।१.मनतातो तातोपानीले मुख पखाल्नुुस् । अनुहारमा नरिवलको तेल लगाएर केहिसमय मसाज गरेपछि पखाल्न सकिन्छ । यसले छालाबाट सबै रंग हटाउनुका साथै छालाको सुरक्षा गर्छ ।

२. कपालको स्याहार कपालको लागी स्याम्पुको प्रयोग गर्नुअघि अण्डाको लेदो बनाएर ४५ मिनेट जति लगाउनुस् । त्यसपछि स्याम्पुले कपाल नुहाउनुस् ।

३. रंग पखालिसकेपछि अनुहार तथा बाह्य छालामा गुलाव जल, तेल तथा दुध र बेसन मिसाएर बनाइएको लेदो लगाउनुस् । लगाएको ५ मिनेटपछि सावुन पानी तथा फेसवासले सफा गर्नुस् ।

४. रंग पोतिएको ठाउँमा गुलाव जल संगै ग्लिसिरिन मिसाएर लगाउनुस् । केहि समयपछि यसलाई मनतातो पानीले सफा गर्नुस् ।

५. होलीले रंगाएको अनुहारमा कागती वा एलोभेरोको क्लिन्जरको प्रयोग गर्नुस् । यसले सबै रंग उतार्छ र रंगमा भएका हानीकारक केमिकलहरुलाई नष्ट गर्छ।

सबैभन्दा सजिलो टिप्स, दाँँतमाझ्ने पेस्ट (सेतो रंगको) लगाएर ५ मिनेट पछि अनुहार धुनुस्।