रंगकरुको पर्व होली नजिकिदै छ । यस पर्वमा विभिन्न रंगहरुको प्रयोग गरिने भएकाले हाम्रो छाला तथा रौको सुरक्षाको सम्वन्धमा ध्यान दिन जरुरी हुन्छ । जसले आफ्नो छाला र कपालमा नकारात्मक असर नपरोस् । त्यसैले आफ्नो छालाको सुरक्षाका लागी होलीको रंगसंग खेल्नपुर्व विषेश ध्यान दिन जरुरी हुन्छ । त्यसको लागी यस्ता टिप्स अपनाउनुस् ।

१. कैयौ व्यक्तिले होली खेल्दा सफाभन्दा फोहोर कपाल नै होस् भनेर हेलचेक्राई गरेर होली खेल्न निस्कन्छन् । जसले तपाईको कपालमा झनै नकारात्मक असर पर्न जान्छ । त्यसैले कपाल सफा गरेर सुकेपछि कपालमा मज्जाले तेल लगाउनुस् र होली खेल्न निस्किनुस् । यसले तपाईको कपाल रुखो हुनबाट बचाउछ ।

२. होली खेल्नुपुर्व सन्स्क्रिन लगाउन नभुल्नुस् । किनकी गर्मीमा तपाईको छाला घामले ओइलिन र कालो हुन सक्छ ।

३. बजारमा उपलब्ध हुने सिन्थेटिक रंगमा हानिकारक रसायन तथा सिसा मिसाइएको हुन सक्छ । जसले तपाईको आँखा र छालालाई हानि पुर्याउन सक्छ । त्यसैले शरिरभरि तेल लगाएर, फुल लुगा लगाएर मात्र होली खेल्न निस्किनुस् ।

४. शरिरभरि रंग पस्न नदिन पुर्ण रुपमा शरिर ढाक्ने कपडा लगाउनुस्, अर्थात रेनप्रुफ पातलो कपडा लगाएर होली खेल्न निस्किनुस् ।

५. बजारमा उपलब्ध रंगको सट्टा तरकारीको बोक्रा तथा सुन्तलाको बोक्रा सुकाएर बनाएको पाउडरमा थोरै मात्रामा रंग मिसाएर होली खेल्नु राम्रो विकल्प हो । यसमा अदुवाको पाउडर, बेसार तथा दालचिनीको पाउडर मिसाएरसमेत खेल्न सकिन्छ । यसले छालालाई हानी पुर्याउदैन ।

६. होली खेल्दा कुनैपनि रंग छालामा जोडले नदल्नुस् । यसले छालामा दाग तथा एलर्जी गराउँछ ।

७. होली खेलिसकेपछि फेशवास या साबुनपानीले मज्जाले छाला सफा गर्नुस् । नुहाईसकेपछि मोइस्चरराइजर तथा बडि लोशन लगाउन नविर्सिनुस् । यसले छाला रुखो हुनबाट जोगाउछ ।

८. कपाललाई सम्भव भए हर्वल  स्याम्पुले नुहाउनुस् । यसले कपालको जरासम्म रहेका अभ्रखयुक्त रसायनलाई निकाल्नमा सहयोग गर्दछ । कपालको रुखोपन हटाउन स्याम्पुमा कागती मिसाएर नुहाउनुस् ।