काठमाडौं, ७ चैत । होली मनाउने क्रममा सुनसरीकोे धरानमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

धरान–७ बगैचा लाइनमा छुरा प्रहारबाट धरान–८ का २० वर्षीय निमा तामाङको मृत्यु भएको हो । झडपमा अर्का एक जना घाइते भएका छन् । घाइते धरान–८ का १७ वर्षीय मिलन विकको छातीमा चोट लागेको छ ।

घटनामा खुकुरी प्रहार गर्ने चार जनाको समुह फरार रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।