२६ पुस, एजेन्सी ।

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना ज्वाईंलाई ह्वाइटहाउसको वरिष्ठ सल्लाहकारमा नियुक्त गर्ने भएका छन् । राष्ट्रपतिको वरिष्ठ सल्लाहकार रहने गरी ज्वाईं जारेड कुशनरलाई नियुक्ति दिइने निर्णय ट्रम्पले गरेका हुन् ।

अमेरिकी गुप्तचर विभागको रिपोर्ट सार्वजनिक भएपछि ट्रम्पको ३ ट्वीट

ससुरा ट्रम्पलाई राष्ट्रपतिमा जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका ३५ वर्षीय कुशनरले ह्वाइटहाउसमा रहेर आन्तरिक र वाह्य नीतिसम्बन्धि काम हेर्नेछन् । राष्ट्रपति निर्वाचनमा ससुरा ट्रम्पलाई अर्थ संकलन गर्न समेत कुशनरको ठूलो भूमिका थियो ।

donald-trump-usa-pres

आगामी दिनमा मध्य पूर्वमा व्यवसायसम्बन्धि सम्झौता गर्ने जिम्मेवारी पनि कुशनरको रहने बताइएको छ । उता आलोचकहरुले भने सरकारी नियुक्तिमा आफ्ना नातेदारलाई नियुक्त गर्नु अमेरिकी भाइभतिजावाद कानूनको उल्लंघन हुने बताएका छन् । कुशनर पनि ससुरा ट्रम्प झै घरजग्गा कारोबारी हुन् ।

ट्रम्पले कानून उल्टाउने घोषणा गरेपछि ओबामाको आपत्ति