७ वैशाख, एजेन्सी।

पश्चिम बंगलाका एक मौलवी ( इस्लाम धर्मका ज्ञाता ) को बयान पश्चात सोनू निगमले आफ्नो कपाल खौरेका छन्। कलकत्ताका एक मौलवी सायद शा अतेफ अली अल क्वादेरीले सोनूको कपाल खौरनेलाई १० लाख पुरस्कार दिने घोषणा गरेपछि सोनू आफैले कपाल खौरने घोषणा गर्दै ट्विट गरेका थिए।

सोनूले हिजो ट्विट गर्दै लेखेका थिए, ‘आज दिउँसो २ बजे आलिम मेरो घरमा आएर मेरो कपाल खौरनेछन्। १० लाख तयार राख मौलवी’।

सोनूले विहान आजान (मुस्लिम प्रार्थना)को आवाजले उठ्नु पर्ने भन्दै ट्विट गरेपछि विवाद सुरु भएको थियो। सोनूको ट्विट मुस्लिम विरोधी भएको भन्दै विवाद छेडिएपछि यी मुस्लिम मौलवीले सोनूको कपाल खौरनेलाई १० लाख दिने घोषणा गरेका थिए।

यता सोनूले कपाल खौरेपछि क्वादेरीले प्रतिक्रिया दिदैँ भनेका छन्, ‘सोनू निगमले मैले भनेको सबै कुरा गरेका छैनन्, तीन कुरामा २ कुरा अझै बाँकी छ’।

यसरी भलै सोनुले आफ्नो कपाल खौरे, तर भनेअनुसार उनले १० लाख नपाउने भएका छन्। तर यी दुईबीचको विवादले भने अझै बढ्ने देखिएको छ।

सोनूले अब पुरानो जुत्ताको माला लगाएर देश नघुमेसम्म १० लाख नपाउने ती मौलवीले बताएका छन्।

यो पढ्नुस्।

सोनू निगमको कपाल खौरनेलाई १० लाख इनाम !