२९ भदौ, काठमाडौं । जिल्ला अदालत बझाङले कैद सजाय तोकेका फरार अभियुक्त ११ बर्षपछि पक्राउ परेका छन् ।

बझाङ जिल्लाको साविक लेकगाउँ गाविस १ का जयराज बुढालाई २०६३ साउन २५ गते कुटपिट गरी हत्या गर्ने साविकको सैनपसेला गाविस ८ बस्ने उज्जले दौल्याल र मदन दौल्याललाई अभियोग गरेको ११ बर्षपछि बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

घटना पश्चात पीडित बुढाका आफन्तले अपराधिबिरुद्घ जिल्ला प्रहरी कार्यालय बझाङमा किटानी जाहेरी दर्ता गराएका थिए । जिल्ला अदालत बझाङले उज्जले दौल्याललाई १२ बर्ष र मदन दौल्याललाई ५ बर्ष कैदको फैसला गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरिक्षक राम बहादुर चन्दले बताए ।