क्रिकेट इतिहासकै सबैभन्दा लामो म्याच को कथा निकै रोचक छ। यो म्याचलाई ‘टाइम लेस म्याच’ को नाम दिइएको थियो। जसको अर्थ हुन्छ, समयको कुनै सीमा नभएको म्याच। यो म्याच १२ दिनसम्म चलेको थियो, ९ दिन खेल भए अनि ३ दिन पानीले गर्दा म्याच लम्बिएको थियो।

सन् १९३९ मार्च ३ देखि १४ सम्म दक्षिण अफ्रिकामा यो सबैभन्दा लामो अन्तरराष्ट्रिय म्याच चलेको थियो। दक्षिण अफ्रिका र इङ्ग्ल्याण्ड बीच भएको यो म्याचमा दुवै टिमले गरेर १९८१ रन बनाएका थिए। आजसम्म कुनै पनि खेलमा दुई टिमको रन जोड्दा यतिको योग बन्न सकेको छैन।

longest cricket match of history  (2)

यति मात्र कहाँ हो र, यो म्याच मा ४ सेन्चुरी अनि एउटा डबल सेन्चुरी पनि बनाइएको थियो।

म्याचको पहिलो इनिङ्गमा अफ्रिकाले ५३० रन र दोस्रोमा ४८१ रन जोडेको थियो। जबकी इङ्ग्ल्याण्डले पहिलो इनिङ्गमा ३१६ रन मात्र जोड्न सक्यो।

longest cricket match of history  (4)

पहिलो इनिङ्गमा निकै कम रन जोडेको इङ्ग्ल्याण दोस्रो इनिङ्गना भने खेलमा फर्कियो तर जितको निकै नजिक पुगेर पनि इङ्ग्याल्याण्डले खेल अघि बढाउन पाएन।

सो टेस्ट सिरीजमा इङ्ग्ल्याण्ड १-० ले अगाडी थियो। त्यो अन्तिम म्याच थियो, दक्षिण अफ्रिका आफ्नै होम ग्राउण्डमा भएको खेल हुनै हालतमा हार्न चाहदैन्थ्यो।

longest cricket match of history  (3)

३ मार्च १९३९ मा सुरु भएको त्यो ऐतिहासिक म्याचमा दक्षिण अफ्रिकाले टस जितेर पहिले ब्याटिङ रोजी ५३१ रनको तगडा लक्ष्य दिएको थियो। टिमको लागि वांडर बिजलले १२५ र नोर्स १०३ रनको शानदार शतक जोडेका थिए।

longest cricket match of history  (5)

ब्याटिङको लागि अनुकुल सो पिचमा अफ्रिकी टिमले बनाएको विशाल स्कोरको अगाडी इङ्ग्ल्याण्डको टिमले केवल ३१६ रन मात्र बनाउन सक्यो। अफ्रिकी बलर डेल्टनले केवल ५९ रन दिएर ४ इङ्ग्ल्याण्डको ४ विकेट झारेका थिए।

पहिलो इनिङ्गमै यसरी अफ्रिकाले इङ्ल्याण्डलाई २१४ रनले उछिन्यो। दोस्रो इनिङ्गमा अफ्रिकाले ४८१ रन जोड्यो। यो पटक ब्याट्सम्यान मेलेविल्लीले १०३ रन बनाए।

longest cricket match of history  (7)

अब इङ्ग्ल्याण्डलाई जितको लागि ६९५ रनको जरुरत थियो। राम्रो खेल खेल्दै ५ विकेटको क्षतिमा इङ्ग्ल्याण्डले ६५४ रन जोड्यो। कप्तान हेमन्डले १४० रन जोडे अनि ब्याट्सम्यान इडरिचले डबल सेन्चुरी हान्दै २१९ रन जोडे।

यो म्याचको १२ औं दिन थियो। दिनको खेल सकिनै लागेको थियो र इङ्ग्ल्याण्डलाई जीतको लागि अझै ४२ रन आवश्यक थियो। इङ्ग्ल्याण्डसंग अझै ५ विकेट बाँकि थियो। तर इङ्ग्ल्याण्डले म्याचबाट आफ्नो हात झिक्नु नै सहि सम्झ्यो। म्याचको १२ औँ दिन जितको लागि ४२ रन आवश्यक भएको बेला इङ्ग्ल्याण्डले अम्पायरलाई म्याच ड्र गर्न अपील गर्न पुग्यो।

longest cricket match of history  (6)

वास्तवमा १४ मार्चको त्यो रात इङ्ग्ल्याण्डको क्रिकेट टिम देश फर्कनु पर्ने थियो। राती ८ बजे पानीजहाज अफ्रिकाबाट इङ्ग्ल्याण्ड जाने निश्चित थियो। सोही पानी जहाजमा इङ्ग्ल्याण्डको क्रिकेट टिम पनि इङ्ग्ल्याण्ड फर्केन कार्यक्रम तय भएको थियो।

सो दिनको खेल सकिसकेको थियो। जितको लागि बाँकि खेल खेल्न अर्को दिन पर्खनु पर्ने भएकाले चाहेर पनि इङ्ग्ल्याण्डको टिमले सो म्याच पुरा खल्न सकेन।

अन्त्यमा म्याच ड्र भएर सकियो, इङ्ग्ल्याण्डले सिरिज १-० ले जितेर ट्रफि लिएर देश फर्कियो।

सो खेलको स्कोरबोर्ड हेर्नुहोस् ( स्रोत: इसपिएनक्रिकइन्फो)

score board long match 1 score board long match 2 score board long match 3 score board long match 4