२९ भदौ, कञ्चनपुर ।

महाकाली जनसेवा मावि हल्दुखाल कञ्चनपुरमा कक्षा ८ मा अध्ययनरत १३ बर्षीय बालक तिलक चन्दको हत्या गरी स्कुल नजिकैको झाडीमा फालिएको अवस्थामा ४ दिनपछि शव फेला परेको छ ।

मृतक चन्द यहि भाद्र २५ गते स्कुल समयमै स्कुलबाट हराएका थिए । आफना सहकर्मीसंगै स्कुल बाहिर खेल्न निस्केका उनि साँझसम्म पनि घर नफर्किएपछि उनको खोजी भैरहेको थियो । कक्षा ८ मै अध्ययनरत आशिष अधिकारीसँग खेल्न गएका उनि फर्केका थिएनन ।

घास काटने महिलाहरुले दुर्गन्ध आएको थाहा पाएपछि शव फेला परेको थियो । प्रहरीले हत्या गरेको आशंकामा आशिष अधिकारीसहित तीन जनालाइ नियन्त्रणमा लिएको छ । आक्रोसित स्थानिय बासिन्दाले तिलकको हत्याको आशंका गरिएका आशिष अधिकारीको घर जलाउने र तोडफोड गर्ने प्रयास गरेका छन् ।

घटनास्थलमा प्रहरीको ठुलो टोली परिचालन गरिएको छ । प्रहरीले आशिष अधिकारीसंगै विशाल चन्द र प्रकाश थापालाइसमेत अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । घटना को को संलग्न छन र के कारणले हत्या गरिएको हो भन्ने सन्दर्भमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

बच्चाको कानमा रहेको सुनको रिङ्ग लिनकै लागि हत्या भएको स्थानिय बासिन्दाको आशंका रहेको छ । हत्या पछि रिङ्ग बिक्री गर्ने प्रयास गरिएको समेत खुल्न आएको छ ।