६ फागुन, काठमाडौं ।
त्रिभुवन विश्वबिद्यालयले फागुन १८ गते हुने स्वतन्त्र बिद्यार्थी युनियनको चुनावी तालिका सार्वजनिक गरेको छ । यसअघि फागुन १४ गते निर्धारण गरिएको चुनाव पाँच दिन पछि सरेपछि नयाँ कार्यतालिका बनाइएको हो । त्रिवि कार्यकारी परिषदको शुक्रवार बसेको बैठकले चुनावी कार्यतालिका सार्वजनिक गरेको हो ।

नयाँ कार्यतालिका अनुसार फागुन ११ गते बिहान १० बजेभित्र मतदाता सूची प्रकाशित गर्ने, त्यसै दिन २ बजेसम्म मतदाता सूचीमाथि दावी बिरोध गर्ने र फागुन १२ गते १२ बजेसम्म मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका छ ।

त्यस्तै १२ गते १२ बजेसम्म मतदाता सूचि उपर दावी विरोधको छानविन गरी अन्तिम नामावली प्रकाशन गर्ने र त्यसै दिन प्रत्यक्ष र समानुपातिक दुबै तर्फका उम्मेदवारको मनोनयन पत्र वितरण गर्ने तालिका सार्वजनिक गरिएको छ ।

१४ गते १० देखि ३ बजेसम्म प्रत्यक्ष तर्फका उम्मेदवारको मनोनयन दाखिला गर्ने र समानुपातिक तर्फ सिलबन्दी नामावली दाखिला गर्ने, त्यसै दिन ५ बजेसम्म प्रत्यक्ष तर्फका उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

उम्म्ेदवारको नामावली उपर दावी विरोध गर्नका लागि १५ गते बिहान ८ देखि १० बजेसम्मको समय निर्धारण गरिएको छ । १५ गते नै १२ देखि ३ बजेसम्म उम्मेदवारको नामावली फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नका लागि बेलुकी ५ बजे सम्मको समय छुट्टाइएको छ । १८ गते मतदान हुनेछ ।