बिदेशमा बस्ने नेपाली प्रबासीहरुले हाम्रो कला, भाषा तथा साहित्यको क्षेत्रमा पनि उतिकै योगदान दिएको पाइन्छ । त्यस्तै लामो समयदेखि अमेरिकाको न्यूयोर्क शहरमा बस्दै आएका लेखक थपलिया पुस्तक लेखन कार्यमा उतिकै सकृय छन। भर्खरै मात्र उनले नयाँ पुस्तक “सत प्रतिशत जिबन” बजार मा ल्याएका छन। नेपाली मुलका अंग्रेजी लेखक राजन थपलियाले आफ्नो नयाँपुस्तक १००% लाईफ अर्थात सत प्रतिशत जिबन न्यूयोर्कबाट सार्वजनिक गरेका छन।

केही दिन अघि मात्र क्यानडाको डिजिट्ल जर्नलबाट पहिलो प्रेस रिलिज भएको उनको किताब न्यूयोर्कको कुइन्स कोरोनिकलर लन्डनको वोर्ल्ड नेट डेलीबाट पनि सार्वजनिक भएको थियो । त्यस्तै अरु थुप्रै अमेरिकाको मिडियाबाट पनि प्रेस रिलिजभएको यो पुस्तक नर्थ क्यारोलिना स्थित लुलु प्रेसबाट मे १० मा प्रकाशित भएको थियो।

“१००% लाईफ” अर्थात शतप्रतिशत जिबन एक आत्म प्रेरक पुस्तक हो । जस्ले आफु को हो? र आफु जन्मेपछि गर्नु पर्ने कर्तब्य के हो? हामी जीवनमा असफल हुनका कारण के हो? साथै गल्ती कहाँ निर भयो, अनि अब के गर्ने, अझै जीवनलाई सत-प्रतिशत बनाउने कसरी त? भन्ने कुराहरुको बेजोड तर्क प्रस्तुत गरिएको छ। आफ्नो आत्मासँग कसम खाएर अघि बढे संसारमा जे पनि गर्न सकिन्छ भन्ने मुल नारा बोकेको पुस्तकको सहायक शीर्षक नै “आफै सङ कसम खानुस तपाईंको जीवन कहिले उस्तै हुने छैन” भन्ने रखिएको छ ।

फुट मेडिसिनका विधार्थी थपलिया आफुलाई पुर्ण रुपमा फुल-टाइम लेखक भन्छन, यदि त्यो भएन भने त लेखन प्रतिको माया नै घट्ने बताउछन। उनको यो ११औ कृति हो भने थुप्रै अप्रकाशित कृतिहरु छन्, जुन छिटै नै प्रकाशित हुँदैछ। त्यस्तै युवा लेखक राजन थपलिया हफपोस्ट, दि इलाइट डेली र दि न्यूयोर्क सिटि पोस्टमा समेत आबद्द छन ।