१४ असार, दमक । झापाको कमल गाउँपालिका–५ स्थित मतदान केन्द्रमा १०४ वर्षीय वृद्धले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन ।

कमल गाउँपालिका–५ स्थित मङ्गलमय माविको मतदान केन्द्रबाट स्थानीयवासी १०४ वर्षीय वद्ध रणबहादुर कार्कीले मतदान गरेका हुन । उनी कमल गाउँपालिकाकै सबैभन्दा ज्येष्ठ मतदाता हुन ।

त्यसैगरी, सोही वडाकी ५२ वर्षीया पूर्ण अशक्त दुर्गा गुरागार्इंले पनि ह्विलचियरबाट नै मतदान गरेका छन । उनले सोही मतदान केन्द्रबाट मतदान गरेका थिए ।

कमल गाउँपालिकाको सबैभन्दा ठूलो मतदान केन्द्र मानिने त्यस वडामा पाँच हजार २८ मतदाता छन् । जारी मतदानमा अहिले बिहान १० बजेसम्म त्यस मतदान केन्द्रबाट एक हजार मतदाताले मत खसालेको त्यहाँका मतदान अधिकृतले जनाएका छन् ।