वाइफाइ, इन्टरनेट चलाउन विश्वमै सबैभन्दा बढी प्रयोग भएको प्रविधि हो। अबको केही वर्षमा तपाइसंग वाइफाइ हुने छैन, किनकी यो भन्दा छिटो, सस्तो र सुरक्षित प्रविधिको परिक्षण सफल भइसकेको छ। ‘लाइफाइ‘ (Li Fi) नाम दिइएको यो नयाँ वायरलेस डाटा ट्रान्सफर गर्ने प्रविधि वाइफाइ बन्दा १०० गुणा छिटो छ।

लाइफाइले डाटा एक ठाउँबाट अर्को ठाउँमा पठाउन भिजिवल लाइट ( देख्न सकिने प्रकाश) प्रयोग गर्दछ। इस्टोनियामा वैज्ञानिकहरुले यसको प्रयोग गरिसकेका छन्। यसले १ सेकन्डमा १ जीबीसम्म डाटा पठाउन सक्छ। यो गति वाइफाइको भन्दा १०० गुणा बढी हो।lifi data transmission

यो प्रविधिबाट डाटा पठाउन लेड (LED)बल्ब प्रयोग गरिन्छ। घरमा बत्तिबाल्न देखि मोबाइलको फ्याल्स, कम्प्युटर स्क्रिन आदिमा लेड बल्ब प्रयोग गर्ने गरिन्छ।

लाइफाइको खोज सन् २०११ मा स्कटल्याण्डको एडिनबर्ग युनिभर्सिटीका वैज्ञानिक हेराल्ड हासले गरेका थिए। यसले बाइनरी कोडमा डाटा एक ठाउँबाट अर्को ठाउँमा पुर्याउँछ।

रिमोटबाट बाइनरी कोड इन्फ्रारेड प्रकाशको माध्यमले टिभी सम्म पुग्छ

रिमोटबाट बाइनरी कोड इन्फ्रारेड प्रकाशको माध्यमले टिभी सम्म पुग्छ

टिभीको रिमोट यसको सजिलो उदाहरण हो। रिमोट थिच्दा निस्कने इन्फ्रारेड प्रकाश टिभीमा राखिएको रिसिभरसम्म पुगेपछि अनि प्रकाशमा आएको सन्देश पत्ता लगाइन्छ। अनि रिमोटमा थिचिएको ‘कि’ अनुसार टिभीमा च्यानल परिवर्तन, साउन्ड कम वा बढी हुने गर्छ। इन्फ्रारेड भन्दा भिजिवल प्रकाश (आँखाले देख्न सकिने) सहज, सुरक्षित र बढी सम्भावना बोकेको हुँदा लाइफाइ प्रविधिमा लेड बल्ब प्रयोग गरिएको छ।

लेडको प्रकाश हुदै बाइनरी कोडको स्ट्रिम अर्को डिभाइसम्म पुग्छ।

लेडको प्रकाश हुदै बाइनरी कोडको स्ट्रिम अर्को डिभाइसम्म पुग्छ।

पठाउन पर्ने डाटालाई एक चीपले बाइनरी कोडमा परिवर्तन गरि लेड बल्बमा पठाउने गर्छ। बाइनरी कोडमा ‘0’ र ‘1’ अंक प्रयोग हुन्छ। 1 आउँदा लेड बल्छ अनि 0 आउँदा लेड निभ्छ। यसरी बल्ने र निभ्ने कार्य १ सेकेन्डमा १०००,०००,००० पटक हुन्छ। यसरी लेडबाट निस्केको प्रकाश एक ठाउँबाट अर्को ठाउँसम्म पुग्छ, अनि रिसिभरले प्रकाशको निभ्ने बन्द हुने क्रम पत्ता लगाउँछ, अनि बाइनरी कोडमा परिवर्तन गर्छ। यसरी लेडबाट निस्कने प्रकाशसंगै एक ठाउँबाट अर्को ठाउँमा डाटा पठाइने प्रविधि हो लाइफाइ।

कोठा भित्र यो प्रविधि प्रयोग गरेर डाटा ट्रान्फर हुँदै छ भने बाहिरबाट डाटा चोर्न वा ह्याक गर्न असम्भव हुने लाइफाइमा काम गरिहेका वैज्ञानिक बताउँछन्। लेडबाट निस्केको प्रकाशमार्फत नै डाटा ट्रान्सफर हुने र प्रकाश कोठाको भित्ताबाट बाहिर निस्कन नसक्ने भएकाले वाइफाइ भन्दा लाइफाइ निकै सुरक्षित हुने बताइन्छ।

हेर्नुहोस् भिडियो,

यो पनि पढ्नुस्।

नाशा भन्दा एक कदम अघि ब्लु ओरिजिनको रकेट