१ बैशाख, काठमाडौं ।

वर्ष २०७३ को शुरुवातसँगै यो वर्ष के होला के नहोला भन्ने अनुमान शुरु भएका छन् । नयाँ आशा र उमंग लिएर नयाँ वर्ष आएको छ २०७३ ।

वर्ष २०७३- राशि अनुसार कस्तो रहन्छ ?

सन् २०१६ को वार्षिक राशिफल

कुनै पनि ब्यक्तिको वर्ष सफल हुने कि असफल भन्ने कुरा ग्रहको स्थितिमा भर पर्ने ज्योतिष शास्त्र बताउँछ । यहाँ ज्योतिष शास्त्र अनुसार वर्ष २०७३ को वार्षिक राशिफल प्रस्तुत गरिएको छ ।

मेष राशिः
जागिरमा बढुवाको सम्भावना बढी छ । मंगलको प्रभावले शुरुवात देखि नै मान सम्मान तथा प्रतिष्ठा र उन्नतीको अवसर आउने छ । साउन पछि भने मंगलले रगतमा विकार हुने स्वास्थ्य समस्या पैदा गर्न सक्छ ।

mesh rasi

साथीभाइसँग मतान्तर बढ्ने देखिन्छ । जागिरमा भने बढुवा रोकिने छैन । ब्यवसायबाट पनि राम्रो आम्दानी हुन्छ । मंसिर महिना तिर भने निकट ब्यक्तिबाट घात हुन सक्छ । विद्यार्थीका लागि यो वर्ष शुभ छ ।
शुक्रका प्रभावले सवारी साधन जस्ता महंगा उपहार समेत मिल्न सक्छ ।

भाग्यशाली रंगः गाढा रातो र सिन्दुरी रंग
भाग्यशाली धातुः तामा, पित्तल र काँस

वृष राशिः
शुक्र राजा भएका कारण यो वर्ष वृष राशिलाई शुभ छ । अस्थायी वा स्थायी ब्यवसायबाट कल्पना गरेको भन्दा बढी लाभ मिल्न सक्छ ।

brisha rasi

असार साउन तिर भने शनिको दशाले निवास वा कार्यस्थलमा कुनै क्षति पुग्न सक्छ । यसमा पैसा खर्च हुने योग छ । विद्यार्थीहरुका लागि यो वर्ष उत्तम छ । मिथुन राशि भएका सहपाठी भने बाधक बनेर आउन सक्छन् ।

भाग्यशाली रंगः सेतो र हल्का पहेँलो
भाग्यशाली धातुः चाँदी, स्टिलका बस्तु र काँस

मिथुन राशिः
यो वर्ष स्वर्ण पाउमा प्रवेश गरेको छ । सरकारी पदमा रहेका ब्यक्तिको कृपाले ठूलो पद मिल्न सक्छ । विगतमा इमान्दारीले गरेको सेवा र परिश्रमको फल मिल्ने छ ।

mithun rasi

गत वर्ष भन्दा आर्थिक अवस्था सुद्धृढ हुने छ । विद्यार्थीका लगि यो वर्ष केही समस्याग्रस्त हुन सक्छ । स्वास्थ्यका कारण अध्यनमा बाधा पुग्ने योग छ ।

भाग्यशाली रंग: हरियो
भाग्यशाली धातुः चाँदी र जस्ता

कर्कट राशिः
शुरुको समय राम्रो छ । गाडी सम्पति जोड्ने योग छ । राशिको स्वामी चन्द्रमा र शुक्र तथा सूर्यको प्रभावले स्वास्थ्यमा समस्या हुन सक्छ ।

Karkat rasi

छाला र श्वास प्रश्वासको समस्या देखिन सक्छ । साउन महिना तिर आर्थिक अवस्था खराव हुने देखिन्छ । उत्तरार्धमा भने ब्यवसायीक जीवन सफल हुने छ । विद्यार्थीका लागि यो वर्ष मानसिक पीडाको वर्ष हुन सक्छ ।

भाग्यशाली रंग : सेतो र अल्का निलो
भाग्यशाली धातु : चांदी, एल्यूमिनियम, स्टील

सिंह राशिः
यो वर्ष तपाइँका लागि चाँदीको पाउबाट प्रवेश गरेको छ । चन्द्रमा मिन राशी तथा शिंह राशिको प्रभावले मित्रहरुको संगतबाट आर्थिक लाभ मिल्न सक्छ ।

singha rasi

जोखिमका कामबाट बढी फाइदा मिल्ने योग छ । खान पान, कृषि, दुग्ध पदार्थ तथा चिनी वा सुनचाँदीको ब्यापारबाट बढी फाइदा मिल्ने छ । तर बाजी राख्ने काम भुलेर पनि नगर्नुस् । विद्यार्थीका लागि यो वर्ष सफल नै रहने योग छ ।

भाग्यशाली रंग: रातो, पहेँलो र गुलाबी
भाग्यशाली धातु: सुन, चांदी, तामा, काँस

कन्या राशिः
यो वर्ष तपाइँको फलाम पाउबाट प्रवेश गरेको छ । राशिको स्वामि बुध आठौं स्थानमा रहेर बसेकाले बाधा ब्यवधान, चिन्ता तथा शत्रुबाट छुटकारा मिल्न सक्छ ।

kanya rasi

साउन भदौ पछि भने स्वास्थ्यमा केही समस्या आउन सक्छ । पुस माघ भने लाभदायक महिना हुनेछन् । विद्यार्थीहरुका लागि यो वर्ष सामान्य परीश्रमबाट नै धेरै सफलता पाउने योग छ ।

भाग्यशाली रंगः गाढा हरियो, गाढा पहेंलो
भाग्यशाली धातुः तामा, पीतल, काँस

तुला राशिः
यो वर्ष तपाइँका लागि ताम्रपादबाट प्रवेश गरेका कारण शुभ रहने छ । राशिको स्वामी शुक्र र सूर्यको प्रभावले अड्किएको काम बन्न सक्छ । यद्यपी शत्रु लाग्ने छन् । बैशाख जेठमा भाइ बन्धुमा रहेको विवाद अन्त्य हुनेछ ।

tula rasi

कार्तिक मंसिर तिर भने मुद्धा मामलाको योग छ । यद्यपी कुरा समझदारीमा टुङ्गिने छ । विद्यार्थीका लागि यो वर्ष फलदायी छ । कम मेहनतले नै ठूलो सफलता प्राप्त हुन सक्छ ।

भाग्यशाली रंगः सेतो, हल्का बैजनी
भाग्यशाली धातु: चांदी, एल्युमीनियम, कँस, स्टील

वृश्चिक राशिः
यो राशिका लागि २०७३ स्वर्ण पादबाट प्रवेश गरेको छ । बैशाख जेठमा पारिवारिक समस्या समाधान हुने छ ।

brisichik rasi

कुनै उच्च वर्षकी महिलाको सहयोग पाउने योग देखिन्छ । निराशा हट्ने छ उत्साहको सञ्चार हुनेछ । विद्यार्थीका लागि यो वर्ष राम्रै देखिन्छ । अध्यनमा मन लाग्ने छ ।

भाग्यशाली रंग: गाढा रातो, पहेंलो, वैजनी
भाग्यशाली धातु: कांस, तामा, पीतल

धनु राशिः
यो वर्ष रजत पाउबाट प्रवेश गरेको छ । बैशाख भरी सोंच विचार गरेर मात्र काम अघि बढाउनुस् । यात्रा सके सम्म नगर्दा नै राम्रो । साउन पछि भने जनसम्पर्कको काममा शुभ हुने योग छ ।

dhanu rasi

बोलीमा नियन्त्रण गर्नु राम्रो । कार्तिक पछि ब्यवसायीक सफलता मिल्ने योग छ । यद्यपी माघ फागुनमा भने केही बाधा उत्पन्न हुन सक्छ । विद्यार्थीका लागि मध्यम वर्ष हुन सक्छ । ब्यवसायिक र प्रविधी सम्बन्धि अध्यन गर्ने विद्यार्थीलाई राम्रो योग छ । अध्यनका लागि बाहिर जाने योग आउन सक्छ ।

भाग्यशाली रंग: पहेंलो, गुलाबी, हल्का हरियो।
भाग्यशाली धातु: सुन, चाँदी, पीतल

मकर राशिः
यो वर्ष लौह पाउबाट प्रवेश गरेको छ । राशिको स्वामी शनिले दशौं स्थानमा बसेर मंगलसँग तालमेल बनाएका कारण प्रतिष्ठा बढ्ने योग देखिन्छ । बैशाख जेठमा सुख प्राप्त हुने छ । जेठ पछि वृहस्पतिको प्रभावले आयात निर्यातको ब्यापार गर्नेहरुलाई धेरै फाइदा मिल्न सक्छ ।

makar rasi

कार्तिक मंसिरमा तपाइँलाई निकट ब्यक्तिबाट धोका हुन सक्छ । फागुन पछि भने जीवन उठ्ने छ । विद्यार्थीहरुका लागि यो वर्ष अनुकुल छ । शुक्रको प्रभावले आधुनिक ब्यवसायिक शिक्षा पढ्नेहरुका लागि थप अनुकुल हुने देखिन्छ ।

भाग्यशाली रंग: कालो, बैजनी र नीलो
भाग्यशाली धातु: फलाम, तामा, स्टील

कुंभ राशिः
वर्ष २०७३ कुम्भ राशिका लागि ताम्रपादबाट प्रवेश गरेको छ । असार साउन सम्म कामहरु सहज हुनेछन् । विपक्षीहरु समेत समर्पण गर्न आउने छन् । उच्च राशिको शुक्र चंद्रमाका कारण आर्थिक अवस्था सवल रहने छ ।भदौ असोज सम्म गरेका निर्णयहरु सही सावित हुनेछन् । मिथुन राशि भएकी पारिवारिक स्त्रीबाट सतर्क रहनु राम्रो । मंसिर पुस तिर चोर र अग्निको भय हुने छ । प्रतिष्ठित ब्यक्तिले अकस्मात धन दिलाउन सक्नेछन् ।
विद्यार्थीका लागि भने यो वर्ष मध्यमकारक छ । अचानक स्वास्थ्य खराव हुँदा अध्यन क्षमता र नतिजा प्रतिकुल हुन सक्छ ।

भाग्यशाली रंग: कालो, नीलो, हरियो
भाग्यशाली धातु: फलाम, तामा, जस्ता

मीन राशिः
सोचेको काम समयमा हुँदा मन खुसी हुने छ । रजतपादबाट प्रवेश गरेको वर्ष मंगलमय र परिवर्तनकारी हुने छ । सोंचेका काम बन्ने छन् । ब्यापारमा प्रगति हुने छ । वर्षको शुरुमै चालेका कदम बढी प्रभावकारी हुनेछन् ।

min rasi

असार साउनमा भने आर्थिक नोकसानी हुने योग छ । विवाह, गृहप्रवेश तथा मुण्डन आदीको योग छ । माग फागुनमा भाइ बन्धुमा मनमुटाव हुन सक्छ । ब्यापारिक साझेदारले निहुँ खोज्नेछन् । विद्यार्थीका लागि राम्रो वर्ष छ । विशेष सुविधा र छूट मिल्ने छ । थोरै परिश्रम बाट धेरै सफलता हात लाग्ने छ ।

भाग्यशाली रंग: पहेंलो, सेतो, हल्का पहेंलो
भाग्यशाली धातु: सुन, काँस, पीतल

कुन राशिका प्रेमी प्रेमीका कस्ता

सुन्दर हुन्छन् यो राशिका स्त्री

यो राशिका मान्छेको हुन्छ सुन्दर शरीर र मिठो बोली