७ बैशाख, एजेन्सी ।

यो वर्ष अंग्रेजी पात्रो अनुसार २० एप्रिल देखि २६ जुन सम्मको समय संसारभरी नै अनिष्टकारी सावित हुने दावी केही खगोलशास्त्रीहरुले गरेका छन् ।

आगामी ६८ दिन सम्म मंगल र शनि ग्रहको उल्टो चालका कारण भूकम्प र सुनामी जस्ता प्राकृतिक विपत्तिको खतरा बढी रहेको उनीहरुको दावी छ ।

astronomy

दि इण्डियन सबकन्टिनेन्टको अनलाइन संस्करणले जनाए अनुसार आगामी ६८ दिन सम्म संसारमा प्राकृतिक विपत्तिका घटना बढि हुने छन् ।

यी ३० भवनमा आक्रमण भए संसारभरीकै इन्टरनेट बन्द !

के संसारको साँच्चिकै अन्त्य हुँदैछः के के हुन कारण ?

उक्त वेबसाइटका अुनसार आकाश मण्डलमा गुरु चाण्डालको योग २१ फेब्रुअरी देखि २८ जुलाइ सम्म रहेको र २० एप्रिल देखि ६ वटा ग्रहको गति उल्टो हुने हुँदा संसारमा समस्या बढ्ने अनुमान गरिएको छ । भविष्यवाणीका अनुसार शनि र मंगल बक्र दिशामा चलेका कारण संसारमा अशुभ अशुभ घटना बढी हुनेछन् ।

आणविक युध्द पश्चात पनि बाँच्न सक्ने पृथ्वीका १० जीव

यस अघि पनि विभिन्न समयमा यस प्रकारका दावी सार्वजनिक भएपनि पृथ्वीमा कुनै विनाशकारी घटना भने भएको छैन । कतिपय समयमा पृथ्वी नै ध्वस्त हुने सम्मका हल्ला समेत संसारभरी फैलिने गरेका छन् ।