काठमाडौं, १ चैत । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौंका ल्याब टेक्निसियन (नायव सुब्बा) सरोज रोका घुस रकमसहित पक्राउ परेका छन् ।

मेडिकल सेन्टर सेवा विस्तारको प्रयोजनका लागि उनले सेवाग्राहीसँग २२ हजार रुपैयाँ घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

नियमानुसार गर्नुपर्ने काममा विभिन्न बहाना बनाई आलटाल गरेर रोकाले घुस रकम लिएको आयोगका सहसचिव एवं प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । उनलाई कार्यालय परिसरबाटै अख्तियारको टोलीले पक्राउ गरेको हो ।