एजेन्सी ।  पाकिस्तानको पन्जाव प्रान्तमा बस्ने एक व्यक्ति गरिबीको कारण २५ वर्षदेखि रुखको पात तथा जरा खाएर जिवन धानिरहेका छन् ।

पाकिस्तानको गुजारावाला जिल्लाका मोहम्मद बाट  बेरोजगार थिए र खानाको लागी खर्च पनि थिएन । त्यसैले उनीले २५ वर्ष देखि पात खान सुरु गरे ।

द न्युज इन्टरनेशनलको रिपोर्ट अनुसार  यत्रो वर्षदेखि पातकै भरमा बाँचेका मोहम्मद कहिल्यै विरामी परेका छैनन् । कैयौ वर्षपछि उनीसंग खर्च त जुट्यो तर आफ्नो पात खाने अनौठो बानी भने नहटेको मोहम्मदले बताए ।

हाल मोहम्मदले हरेक दिन ६०० सय पाकिस्तानी रुपैया कमाउने गरेको उनका आफन्तले जनाएका छन् । तर उनी हरेक समय ताजा टहनियाको पातको खोजीमा हुन्छन् । उनी आफ्नो अनौठो बानी र पात खाएर विरामी नपरेको कारण उनी आफ्नो क्षेत्रमा लोकप्रिय छन् ।

यो पढ्नुस्

पत्याउनै मुस्किल पर्ने ११ प्राकृतिक घटना

पत्याउनुहुन्छ, यी व्यक्तिका ८०० बच्चा छन् !

जेलभित्र पत्याउनै नसकिने सुविधा (तस्विर सहित)